भारतीय रास्ट्रपति नआउदै पोखरामा यसरी भयो बिरोध युवाहरु सडकमा

भारतीय रास्ट्रपति नआउदै पोखरामा यसरी भयो बिरोध युवाहरु सडकमा



युवाहरुले तोडफोड गरेको गेट
पोखरा, १८ कात्तिक । तीन दिने नेपालमा भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति पोखरा जानुअगावै त्यहाँ विरोध सुरु भएको छ । स्थानीय युवाहरुले नाकाबन्दी गरेर दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै बुधबार राति मुखर्जीको स्वागतार्थ पोखरामा बनाइएको स्वागतगेट तोडफोड गरेका छन् ।



जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार बुधबार राति युवाहरुको समूहले इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिदिएका हुन् । उनीहरुले गेटमा स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स र राष्ट्रपति मुखर्जीको फोटो च्यातेका छन् । भारतीय राष्ट्रपति शुक्रबार पोखरा भ्रमणमा जाँदैछन् । यता प्रहरीले भने सामान्य च्यातिएको बताएको छ ।




कास्कीका प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धी बज्राचार्यले गेटमा सामान्य च्यातिएको तर यो इन्टेनसनल्ली नभएको दाबी गरे । उनका अनुसार सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर प्रहरीले नयाँ फ्लेक्स लगाइसकेको छ । स्वागत गेटको सुरक्षाका लागि पोखरा सहरभरी अहिले प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् ।
Previous
Next Post »