जापानसँगको मैत्रीपूर्ण खेलमा नेपालको शानदार जित: नवयुग बने हिराेअन्नपूर्ण शनिवार, मंसिर

जापानसँगको मैत्रीपूर्ण खेलमा नेपालको शानदार जित: नवयुग बने हिराेअन्नपूर्ण शनिवार, मंसिर 



जापानसँगको मैत्रीपूर्ण खेलमा नेपालको शानदार जित: नवयुग बने हिराे
मैत्रीपूर्ण खेलमा जापानी खेलाडीसँग गोल खोस्ने प्रयास गर्दै नेपाली स्ट्राइकर नवयुग श्रेष्ठ ।

तस्बिः सुलभ श्रेष्ठ 
काठमाडौंः नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले शानदार जित निकालेको छ। राजधानीको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न मैत्रीपूर्ण फुटबललमा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
नेपालको जितका लागि दोस्रो हाफमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । ५६ औँ मिनेटमा नवयुगले गरेको गाेल नै नेपालको जितका लागि निर्णायक बन्यो ।
नेपालले खेल अवधिभर जापानलाई पूर्णरुपमा प्रतिरक्षा गरेर शानदार जित निकालेको हो । नेपाली टोलीसामु जापानी टोली निक्कै दबाबमा मैदानमा उत्रिएको थियो । 
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको हो । गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली फ्रेन्ड्स अफ जापानबीच प्रतिस्पर्धा भएको हो ।
फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी थिए ।
जापानी टोलीमा सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका टोडा काजुयुकी थिए । काजुयुकीले इङ्लिस क्लब टोटनहाम हर्टस्परबाट समेत व्यावसायिक फुटबल खेलेका थिए ।
Previous
Next Post »