प्रधानमन्त्रीको चित्त दुःखाईपछि सरकारी सञ्चारमाध्यमले लेख्न थाल्यो ‘प्रचण्ड’

प्रधानमन्त्रीको चित्त दुःखाईपछि सरकारी सञ्चारमाध्यमले लेख्न थाल्यो ‘प्रचण्ड’

मंसिर ११ 
)काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारमाध्यमले आफ्नो नामा अधुरो लेख्ने गरेको गुनासो गरेकै दिन सरकारी सञ्चारमध्यमले सच्याएर उनको नाम लेख्न थालेका छन् ।

प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको तर सञ्चारमध्यमले प्रचण्ड लेख्न छाडेको प्रति गुनासो गरेका थिए ।

उनले नीजि सञ्चार माध्यमले विगारेर लेखे पनि सरकारी सञ्चारमाध्यमले त्यसरी नलेख्नुपर्ने हो तर सरकारी सञ्चारमाध्यमले पनि आफ्नो नाम अधुरो लेखेको गुनासो गरे ।

त्यो गुनासोपछि सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेख्न शुरु गरेको छ । यसअघि राससले पुष्पकमल दाहाल मात्र लेख्थे ।


तर, प्रचण्डकै ट्वीटरमा पुष्पकमल दाहाल

प्रधानमन्त्री प्रचण्डले पत्रकारको बैठकमा यस्तो गुनासो गरेपनि उनकै सचिवालयले सञ्चालन गरेको प्रधानमन्त्री प्रचण्डको ट्वीटर पुष्पकमल दहालको नाममा खोलिएको छ । यस विषयमा जनसम्पर्क सल्लाहकार रामदीप आचार्यलाई सम्पर्क गर्दा यो प्राविधिक त्रुटी हुनसक्ने बताउँदै त्यसलाई तरुन्तै मिलाउने प्रतिकृया दिए ।
Previous
Next Post »