प्रचण्ड र देउवालाई जेल हाल्ने सत्य निरुपण आयोगको तयारी

प्रचण्ड र देउवालाई जेल हाल्ने सत्य निरुपण आयोगको तयारी



काठमाडौंः युद्धकालका घटनाको छानविन र पीडितका लागि न्याय दिन बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले माओवादी १० वर्षे युद्धका नायक नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवम् तत्कालिन माओवादी नेताको टाउकाको मूल्य तोक्ने सरकारको नेतृत्व गरेका शेरबहादुर देउवालाई जेल हाल्ने तयारी गरेको खुलासा भएको छ ।

आयोगले काम नगरेको भन्दै चौतर्फी आलोचना भइराखेका बेला आयोगले यस्तो तयारी गरेको खुलासा भएको हो ।

आयोगले प्रचण्ड र देउवालाई कम्तिमा एक दिन भए पनि जेलमा हाल्ने चर्चा सुरु भएको छ । युद्धकालका आपराधिक गतिविधिमा संलग्नलाई समेत छुटकारा दिएको आरोप लागिराखेका बेला यो विषयले चर्चा पाएको हो ।

आयोगले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई कम्तिमा एक दिन भए पनि जेल हाल्ने प्रस्ताव ल्याउन लागेको खुलासा भएको हो । यत्तिमात्र होइन आयोगले उजुरी धेरै भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छ । आयोगले युद्धकालका घटनालाई विभिन्न भागमा विभाजन गरेर अनुसन्धान गरिराखेको छ ।

युद्धकालकालमा एउटा सरकारको नेतृत्व र अर्को युद्धको नेतृत्वकर्ता नेता अहिले सत्तापक्षमा छन् । युद्धको नेतृत्वकर्ता प्रचण्ड प्रधानमन्त्री छन् भने देउवा प्रचण्डका नजिकका सहयात्री अर्थात् सरकारको सबैभन्दा ठूलो सत्तारुढ दलको सभापति छन् । सत्य निरुपण आयोगमा परेका उजुरीमा भने यी दुई नेतालाई एक दिन भए पनि जेल हाल्नुपर्ने उजुरी परेको हो ।

आयोगमा परेका उजुरीमध्ये एक उजुरीकर्ताले प्रचण्ड र देउवालाई एक दिन मात्र भए पनि जेल हाल्न माग गरेका हुन् । प्रचण्ड र देउवाकै कारण आफ्नो परिवारका सदस्यको ज्यान गएको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने माग उजुरीकर्ताको छ । यस्ता प्रस्ताव खोतलिरहेको आयोगले भने ठोस निर्णय अझै पनि गर्न सकेको छैन् ।

अमानवीय र जघन्य अपराधमा संलग्नलाई कडा भन्दा कडा कानुनी कारबाही गर्ने बताइएको भए पनि राजनीतिक संरक्षणका कारण ज्यान मुद्धाका आरोपित समेत फरार छन् । आयोगले उजुरीको व्यवस्थापन कसरी गर्ने भन्ने ठोस निती नबनाउदा कार्यान्वयनमा समस्या परेको बताउदै आएको छ ।

Previous
Next Post »