भाद्र २०, २०७३- पूर्वमन्त्री श्यामसुन्दर गुप्ता जबरजस्ती रकम असुली आरोपमा सोमबार ललितपुरबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले फोन गरेर अपहरणको धम्की दिंदै एक महिला उद्यमीसँग ५० लाख रुपैयाँ मागेको अभियोगमा उनलाई ललितपुरको चाल्सीखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट चार दिनको म्याद लिएर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
ललितपुर प्रहरी प्रवक्ता ईश्वर कार्कीका अनुसार उनी आफैंले फोन गरेर धम्क्याउँदै पैसा मागेको र नदिए अपहरणको धम्की दिएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेका गुप्ता गत वर्षको साउन २ गते छुटेका थिए । उनले सदभावना पार्टी यूनाइटेड गठन गरेका थिए ।
गुप्ता पहिलो संविधानसभामा सभासद तथा पूर्वआपूर्ति मन्त्री हुन् ।
प्रकाशित: भाद्र २०, २०७३
ConversionConversion EmoticonEmoticon