भारतले गोर्खा भर्तीमा र अमेरिकाले डीभीमा मधेसीलाई समानुपातिक कोटा दिन्छ ?

भारतले गोर्खा भर्तीमा र अमेरिकाले डीभीमा मधेसीलाई समानुपातिक कोटा दिन्छ ? 



काठमाडौं, २९ भदौ– भारतीय गोर्खा सैनिकमा पहाडे मुलका नेपालीलाई मात्रै नभइ मधेसी मुलका नेपालीलाई पनि भर्ती गर्न मधेसी मोर्चाका नेताहरुले माग गरेका छन् । आफ्नो भारत भ्रमणवारे सुझाव माग्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् । 

नेपालको संविधानले सबै जात जातिलाई सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व नदिएको भन्दै मधेसी मोर्चाको आन्दोलनलाई भरण पोषण गर्दै आएको भारतसामु प्रधानमन्त्री दाहालले मोर्चाको माग फरवार्ड गरिदिए भने भारतले के गर्ला ? नेपालमा साम्प्रदायिक हिंसा भड्काउन मात्र मधेसी दल र केही जातिवादी दललाई प्रयोग गर्दै आएका भारतीय र पश्चिमाहरु आफैंतिर यो मुद्दा फर्किको छ । 

आफ्नो गोर्खा भर्तीमा पहाडी मुलका नेपालीको बहादुर विशेषता मात्रै योग्य भन्ला कि मधेसी समुदायलाईलाई ‘माया’ गरेको भारतले माग जायजै हो भनेर सम्बोधन गर्ला ? तर, अव जे भने पनि नेपालको जातीय विविधतालाई यहाँको अन्तरध्वंश, मारकाट र अस्थिरताका लागि मात्रै उपयोग गरेर ‘अधिकारको आन्दोलन’ चलाउँदै आएको भारत र उसका सहयोगी पश्चिमाहरुतिर पनि प्रश्न भने उठेको छ । 

‘भारतीय गोरखा रेजिमेन्टमा मधेसीहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । भारतीय गोरखा सेनामा ५० प्रतिशत मधेसीको प्रतिनिधित्वबारे मोदीसँग कुरा गर्न मैले प्रचण्डलाई सुझाव दिएको छु’ यादवले आफूले प्रधानमन्त्री दाहाललाई दिएको सुझावबारे सञ्चारमाध्यममा भनेका छन् । 

समानुपातिक र समावेशी सिद्धान्त अंगालेको नेपालको संविधानलाई अपूर्ण भनेर मधेसी दल उचाल्ने भारतले अव भारतीय गोर्खामा मधेसी समुदायलाई ५० प्रतिशत कोटा छुट्याएर निवेदन आव्हान गर्छ कि गर्दैन ? अमेरिकाले खोल्ने डीभीमा ५० प्रतिशत मधेसी कोटा छुट्याउँछ कि छुट्याउँदैन ? यदि छुट्याउँदैन भने नेपालमा आगो सल्काउन कोरेको साम्प्रदायिकताको आगो भारततिर पनि सल्किन्छ । 

Previous
Next Post »