म्याद गुज्रिएका र ढुसी लागेको सामान बरामद

म्याद गुज्रिएका र ढुसी लागेको सामान बरामद


राजविराज –  संयुक्त अनुगमन टोलीले सप्तरीको विभिन्न भागमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तुका साथै म्याद गुज्रिएका अन्य सामानहरू बरामद गरी आज नष्ट गरेको छ ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको हनुमाननगर र कञ्चनरुप नगरपालिकाबाट म्याद गुज्रेका, लेवल नभएका खाने तेल, चिसो पेय पदार्थ, भुजिया, खैनी, मिठाईलगायतका वस्तुहरू बरामद गरेको हो ।

यस्तै, सोही अनुगमन टोलीले नेपालमै प्रसिद्ध बरमझियाका पेडा पसलहरूमा अनगुमन गरी सडेगलेको र ढुसी लागेको पेडा बरामद गरेको छ ।

ढुसी परेको पेडालाई मिसाएर फेरि नयाँ पेडा बनाउन लागिएकै अवस्थामा पेडा बरामद गरिएको खाद्य निरीक्षक सुरेशकुमार सिंहले बताए ।

बरमझियास्थित एक पेडा पसल सञ्चालकसँग पसल सञ्चालन अनुमतिपत्रसमेत नभएकाले टोलीले पसल बन्द गरिदिएको छ । अनुगमनबाट बरामद म्याद गुज्रेका वस्तुलाई आजै जिल्ला प्रशासन कार्यालय सप्तरीमा जलाएर नष्ट गरिएको छ ।


Previous
Next Post »