‘हिन्दू राज्यको पनि माग उठेको छ, मधेसका लागि मात्र किन संविधान संशोधन गर्ने’

हिन्दू राज्यको पनि माग उठेको छ, मधेसका लागि मात्र किन संविधान संशोधन गर्ने’ अन्नपूर्ण बुधवार, भदौ 

‘हिन्दू राज्यको पनि माग उठेको छ, मधेसका लागि मात्र किन संविधान संशोधन गर्ने’ 


हेटौँडाः एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने गरी संविधान संशोधन हुन नसक्ने बताएका छन् । 

संविधान संशोधन प्रस्ताव राष्ट्रिय अखण्डतालाई विखण्डन गर्ने गरी ल्याउन लागिएको आलीको आरोप छ । ‘राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न सकिदैन,’ ओलीले भने ।

बुधबार थाहा महोत्सवको पालुङमा उद्घाटन गर्दै ओलीले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु भएको समेत आरोप लगाए । 

ओलीले अहिले विभिन्न क्षेत्रका फरक फरक माग उठेकाले एउटा समूहको मात्र माग सम्बोधन गर्न संविधान संशोधन हुनै नसक्ने तर्क गरे । ‘अहिले धर्मनिरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको छ । संविधानमा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गुर्न हुँदैन,’ ओलीले भने ।  

पार्टी नै पिच्छे संविधान सर्वस्वीकार्य बनाउन नसकिने बताउँदै ओलीले भने, ‘संसदबाट बहुमतले पारित भएको संविधान कसैलाई चित्त नबुझ्दैमा संसोधन गर्नुपर्ने बाध्यता छैन ।’ 

छिमेकी देश भारततर्फ संकेत गर्दै उनले कसैले भनेको आधारमा संविधान संशोधन नहुने बताए । ‘संविधान संसोधनको नाममा देशलाई बिखण्डनतर्फ लैजाने षड्यन्त्र हामी सफल हुन दिँदैनौं’, ओलीले थपे । संविधानका विषयमा केही भ्रम छरिएको बताउँदै उनले सबै राजनीतिक दल मिलेर संविधानबारे जनतलाई बुझाउनुपर्ने धारणा व्यक्त गरे । 

प्रचण्ड नेतृत्वको सरकार बनेको दुई महिना नबित्दै  आफू नेतृत्वको सरकार ढल्नुको कारण छर्लङ भएको भन्दै ओलीले भने, ‘मेरो नेतृत्वमा मुलुक समृद्धितर्फ अघि बढ्ने भएपछि भारतले आफ्नो स्वार्थ पुरा गर्न सरकार ढालेको हो ।’ 

आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरु केही विद्वानहरुले हाँसेर उडाएको बताउँदै उनले प्रचण्ड नेतृत्वको सरकारलाई ती योजनाहरु पूरा गरेर देखाउन चुनौती समेत दिए । 

बेरोजगार युवालाई भाषण र प्रलोभनले होइन, आर्थिक समृद्धिको योजनामा संलग्न गराउन सकेमात्र ती युवाहरु आर्थिक आत्मनिर्भरतर्फ उन्मुख हुने उनको भनाइ छ । 

बुधबारबाट सुरु भएको महोत्सव  असोज ८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा कृषि उत्पादन, घरेलु तथा होजियारी, पशुपालन, प्रविधिलगायत करिब दुई सय ८ स्टल प्रदर्शनीमा राखिएका छन् ।
Previous
Next Post »