कांग्रेस छाडेर बि.पी पुत्र प्रकाश रास्ट्रबादी मोर्चामा

कांग्रेस छाडेर बि.पी पुत्र प्रकाश रास्ट्रबादी मोर्चामा


२९ भाद्र । मेरो झगडा राजासंग हो संस्था संग हैन त्यसैले बहिरियाहरुले आक्रमण गरेको खण्डमा राजाको गर्धन मुनि मेरो गर्धन माथि हुनेछ भनेर नेपाली कांग्रेसका संस्थापक नेता स्व.बि.पी कोईरालाले भन्नु हुन्थ्यो ।
उनै बि.पी.कोईराला पुत्र तथा पुर्व मन्त्रि प्रकास कोईरालाले आफ्नै पिताको पदचिन्ह पछ्याउदै समयसमयमा नेपालमा राजाको आबस्यक छ भनेर भन्नु हुन्थ्यो ।

आफ्नै पिताले बडो दुख कस्ट गरेर हुर्काएको पार्टी नेपाली कांग्रेसलाई परित्याग गरेर पुर्व मन्त्रि तथा बिपीपुत्र प्रकाश कोइराला सिनेट श्रेष्ठको संयोजकत्वमा संचालित ‘बृहत् राष्ट्रवादी मोर्चा’मा बरिष्ठ सल्लाहकारको रुपमा रहने सहमति भएको जानकारी प्राप्त हुन आएको छ ।

अहिलेको राजनीतिक पार्टीहरु देस र जनता प्रति उत्तरदायी छैनन त्यसैले पुर्व मन्त्रि सिनेट श्रेष्ठको अगुवाईमा सम्पूर्ण देसभक्त रास्ट्रबादी जनताहरुको सहयोगमा केहि दिन अगाडी बृहत् राष्ट्रवादी मोर्चाको गठन भएको जानकारी हो भनेर पुर्व मन्त्रि सिनेट श्रेष्ठले ई-कोशी डटकमलाई जानकारी दिनु भयो ।
Previous
Next Post »