प्रहरीद्वारा हातहतियारसहित सात लुटेरा सार्वजनिक


२० भदौ  | 
जुम्ला – जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा पक्राउ गरिएका हतियारधारी लुटेरा र बरामद हतियारसहितका सामग्री सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलन गरी प्रहरी कार्यालय जुम्लाले भदौ १ गतेदेखि हिजो रातिसम्म बरामद गरेको सबै हातहतियार र लुटेरालाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका हतियारधारी लुटेराहरुमा जुम्ला गज्याङकोट गाविस–२ का ३० वर्षीय धीरबहादुर परियार, धापा गाविस–६ का ३३ वर्षीय अशोक तिरुवा, मुगु कोटवाडा गाविस–८ लुईगाउँका ३१ वर्षीया दलबहादुर कार्की, मुगु जिल्लाकै जिमा गाविस–३ का २५ वर्षीय गोविन्द टमाटा, जुम्ला मालिकाठाटा–४ का ३२ वर्षीय मुनबहादुर बोहरा, पातारासी–३ का चन्द्रबहादुर ऐडी र छुमचौर–७ का श्रीबहादुर बुढा रहेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

त्यसैगरी, भदौ १५ गते बरामद गरिएको एसएमजी एकथान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोलसहित तीन राउन्ड गोली, तीन थान भरुवा बन्दुक, रु ७२ हजार ७८६ नगद, चाइनिज रु ४१, मोबाइल चार थान सार्वजनिक गरिएको छ ।

त्यसैबीच भदौ १९ गते शनिगाउँको जलजला खापखण्ड जङ्गलमा लुकाई–छिपाई राखेको एसएलआर नाल एक थान म्याग्जिन चालवाला पूर्जा नभएको अवस्थामा बरामद भएको हतियार पनि सार्वजनिक गरिएको थियो ।

प्रहरीको खोजतलासमा धाँपा–६ स्थित स्याउ बगैँचामा लुकाइ राखेको अवस्थामा बरामद भएको एसएलआर राइफलको गोली राउन्ड २५, म्याग्जिन एक थान, चालवाला पूर्जा एक थान र झोला पाँच थान पनि सार्वजनिक गरिएको छ ।

प्रहरीले गत साउन २३ गते पटमारा गाविसको उर्थुचौतारामा डिल्लीचौर गाविसका अङ्गबहादुर बुढासहित ११ जनाबाट ३३३ केजी ५०० ग्राम अवैध वन लसुन बरामद गरी जिल्ला वन कार्यालय जुम्लामा बुझाइसकेको जनाएको छ ।

भिन्नभिन्न समूहमा समातिएका लुटेरको समूह गरेर सातजना समातिए पनि यसअघि प्रहरीलाई नै गोली चलाउनेसम्मका धेरै लुटेरा बाँकी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीमा प्रभावित एरियामा अपरेसन तीव्र बनाइएको प्रनाउ कोइरालाले जनाए । उनका अनुसार पक्राउ परेका सबैलाई डाँकाचोरी तथा हातहतियार खरखजाना मुद्दा चलाउनुका साथै थप अनुसन्धान भइरहेको


Previous
Next Post »