आखिर किन देश भन्दा ठुलो पद हो ? प्रचण्डले मोदीलाई पठाएको पत्रका ‘राष्ट्रघाति’ दुई बुँदा संसदमा पुग्यो, के-के छन् ?


तत्काल पत्र सार्वजनिक गर्न माग

नेमकिपाका सांसद ।
काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूतमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रमा दुई वटा गम्भीर कुरा उल्लेख भएको दाबी गरिएको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदीलाई पठाइएको पत्रमा गम्भीर तथा राष्ट्रघाति कुरा उल्लेख गरिएको दाबी गरे ।
‘हाम्रा प्रधानमन्त्रीज्यूले मोदीलाई पठाएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिनुभएको जानकारी हामीले पाएका छौं,’ उनले भने– ‘त्यो पत्र तुरुन्त सार्वजनिक गर्नुपर्छ । संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
पछिल्ला गतिविधिले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको भन्दै उनले त्यसो नगर्न र पत्र सार्वजनिक गर्न प्रचण्डलाई आग्रह गरे ।

Previous
Next Post »