प्रधानमन्त्री प्रचण्डले टेलिफोनबाटै गरे सम्बोधन

प्रधानमन्त्री प्रचण्डले टेलिफोनबाटै गरे सम्बोधन
भदौ २७  |  

सिरहा–  प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्नका लागि तरार्इँका विभिन्न जिल्लाहरू सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुरसम्मबाट आएका १५ हजार जनता साँझकाे चार बजेसम्म पनि हिल्लाम्य सडकमा प्रतिक्षारत थिए । झम-झम परिरहेकाे पानी । हिलाम्य ससडक । टाढा देखिकाे यात्रा । कुनै चिजकाे प्रवाह नगरि  प्रधानमन्त्रीलार्इ प्रत्यक्ष सुन्नका लागि दिन भरि कार्यक्रम स्थलमा बसिरहे जनता । सांझकाे ४ बजे मात्रै जानकारी गराइयाे माैसम खराबिका कारण प्रधानमन्त्री अाउन नसक्ने भए । त्यसपछि छायाे निराशा ।

प्रधानमन्त्रीकाे स्वागतका लागि स्थानीय विद्यालयहरुले राष्ट्रिय झण्डा सहित अायाेजकले विद्यार्थीहरूको जुलुस सभास्थलमा ल्याएका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न उत्साहित ५१ केजी फूलको माला लिएर आएका कार्यकर्ता पनि प्रधानमन्त्री नआउने खबरले सबै निरास देखिएका थिए ।  सिरहा नगरपालिका १७ का अपाङ्ग अशोक मण्डल पनि प्रधानमन्त्रीलाई स्वागत गर्न उत्साहसति देखिएका थिए । तर प्रधानमन्त्री अाएनन् । अन्तनः प्रधानमन्त्रीले टेलिफाेनबाटै सम्बाेधन गरे ।  प्रधानमन्त्री नआउने भएपछि गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो र पानीमा डुवेर टेलिफाेन सम्बाेधन सुनेर चित्त बुझाउन बाध्य भए ।

संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको छ: प्रधानमत्री दहाल

अधिकतम सहमति सहितको संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले बताएका छन् ।  मिर्चैयाकाे जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोनमार्फत सम्वोधन गर्दै मधेसी, थारु लागायतको माग सम्वोधन हुने गरी सवैलाई मान्य हुने ढंगले संविधान संसोधन अन्तिम अवस्थामा पुगेको बताए ।

“काठमाण्डौं उपत्याकाभन्दा बाहिर जानुपरे पहिला मधेसमै जाने मेरो मनसाय थियो, सोही अनुसार सिरहाको आफ्नै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजनागरीएको भएपनि प्रतिकुल मौसमको कारण आफू पुग्न नसकेकोमा दुःख लागेको छ,” प्रचण्डले टेलिफोनबाटै दुख मनाउ गरे ।

उनले भारतजानु अघी मधेसको मागकोबारेमा भइरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्षरुपमा साक्षात्कारगर्ने अवस्था गुमेको बताए । उनले भने, ‘भारत भ्रमणबाट फर्किएर पनि आफू काठमाण्डौ बाहिर निस्किदा मधेसमै आउँछु ।’

उनले आफु प्रधानमन्त्री भईसकेपछि मधेसको विकासकोलागि भूमिका खेल्ने प्रतिबदता जनाएको र मधेसको उन्नतिको मेरुदण्ड हुलाकि सडक निर्माणकोलागि भारत गएको वेला कुरा उठाउने र आर्थिक जुटाउने प्रतिबद्धता व्यक्त गरे ।


Previous
Next Post »