एक सहचालकको प्रशंसनीय काम : जसले १० तोला सुनका गहनासहितको झोला फिर्ता गरे

एक सहचालकको प्रशंसनीय काम : जसले १० तोला सुनका गहनासहितको झोला फिर्ता गरे
भदौ २७  |  

पोखरा– तपाईं–हामीले गाडीको सह–चालकलाई कसरी हेर्छौँ ? पक्कै पनि धेरैको नजर सह–चालकप्रति सम्मान गर्ने खालको हुँदैन । त्यसो त कहिलकाही सहचालकको व्यवहार त्यति राम्रो हुँदैन पनि । तर, पोखरामा एउटा यस्ता सहचालक भेटिएका छन्, जसले तपाईं हाम्रो मन नै छुने काम गरेका छन् ।gold-return

सह–चालक चन्द्र बहादुर क्षेत्रीले यात्रु बसमा भेटिएको झण्डै १० तोला बरावरको सुनको गहना सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेर उदारणीय तथा प्रंशसीय काम गरेका छन् ।
बुटबलबाट पोखरा आउने क्रममा ग १ ख ३४२० नम्बरको बसमा चढेकी एक यात्रुले सामान छाडेकी थिइन् । त्यही थियो १० तोला बरावरको सुनको गहना । तर, ती सह–चालकको मनमा कुनै कालो थिएन । इमान्दारीपूर्वक पृथ्बी राजमार्ग बस सञ्चालक समितिका गए । त्यही मार्फत सम्बन्धित ब्यक्तिको जिम्मा लगाए ।

गत शुक्रवार वुटबलबाट पोखरा आउदै गरेको बसमा स्याङजाको गल्याङ्गबाट चढेकी केशरी पराजुली १२ किलोमिटर वर बाँयाटारीमा झरिन् । तर, उनले बहुमुल्य सामान सहितको झोला बसमै बिर्सिइन् । उनी ओर्लिन, बस आफ्नो बाटोमा अगाडि बढ्यो ।
केहीबेरापछि बस पोखराको पृथ्बीचोकस्थित बसपार्कमा आइपुग्यो । सबै यात्रु आ–आफ्नो समान लिएर झरे ।सहचालक क्षेत्रीले बस सफा गर्न लागे । यो उनको नियमति काम थियो । त्यहि बेला एउटा झोला फेला पारे उनले । झोला हेरे । परिचय पत्र भेट्टाए । त्यहाँ रहेको मोवाइल नम्बरमा फोन गरे । तर, अफ थियो ।
उनले झोला भित्र एउटा मंगलसुत्र, दुई वटा सुनको बाला, दुई वटा औठी, विच्छि र पाउजु सहित चुरा देखे । झोलामा रहेका सुनै सुनका गहनाले उनको मनमा कुनै कालो सोच आएन । तीन हजार नगद पनि थियो झोलामा र साथमा परिचय पत्र ।

बहुमुल्य समान देखेपछि चन्द्र बहादुर पृथ्बी राजमार्ग बस सञ्चालक समितिको कार्यलय आए । त्यहाँ यस्तो–यस्तो सामान छ भनेर बुझाए । बस स्याङजाबाट पोखरा आउदा सम्म कोहि कसैले आफ्नो सामान हराएको बारे खबर पनि गरेका थिएनन् ।
केशरीले बायाँटारीमा बस्ने आफ्ना जेठाजु भिम पराजुलीलाई खबर गरिन् । पराजुलीले समितिमा फोन गरे र सामान हराएको बारे जानकारी गराए ।
केहिवेरपछि झोला पाएको खबर आयो । सामान सकुशल भेटिएको जानकारी पाएपछि उनीहरु ढुक्क भए । र तीन दिन पछि आएर सामान लिए ।gold-return-2

समितिले सोमवार पत्रकार सम्मेलन गरी सामान हस्तान्तरण गरेको हो ।
सह–चालक क्षेत्रीले पराजुलीलाई बसमा भेटिएको सामान सहितको झोला हस्तान्तरण गरे । सामान फिर्ता गरे वापत उनलाई तत्काल पाँच हजार पुरस्कार प्रदान गरियो र खादा लगाएर सम्मान गरियो ।
स्याङजा सिर्सेकोट ९ की केशरी तीज मानेर गल्याङ माईतीबाट घर फर्कने क्रममा गहना झोलामा राखेर फर्केकी थिइन् ।
वहुमुल्य गहना लगाएर बस चढ्दा जोखिम हुने भएकाले उनले झोलामा रोखेको गहना छोडेकी थिइन् ।
समाजमा चन्द्रबहादुर जस्ता सवै हुने भए, देश त ‘रामराज्य’ नै हुन्थ्यो कि !


Previous
Next Post »