मृत्युपत्रमा हस्ताक्षर गरेर ओलम्पिकमा पदक

मृत्युपत्रमा हस्ताक्षर गरेर ओलम्पिकमा पदक
भदौ २७

रियो – बेल्जियमकी प्यारालम्पियन मारिक भरभ्रुट मांशपेशीसम्बन्धि निको नहुने एक प्रकारको रोगबाट पीडित छिन् । सन् २००८ मा नै उनले इच्छामृत्यु (युथनेसिया) को पत्रमा हस्ताक्षर गरेकी थिइन् ।

तर, पनि उनी यस वर्षको प्यारालम्पिक्समा सहभागी हुँदै रजत पदक जितेकी छिन् । शनिबार ४ सय मिटरको ह्वीलचेयर रेसमा उनले सो पदक जितेकी हुन् ।

रियो प्यारालम्पिक्सपछि उनले इच्छामृत्यु बहन गर्ने चर्चा पनि चलेको थियो । तर, मारिकले भने आफ्नो तत्कालै कुनै त्यस्तो योजना नभएको बताएकी छिन् ।
पदक जितेपछि उनले भनिन्, ‘म अझै पनि हरेक पलको आनन्द लिइरहेको छु ।’

‘जब कुनै दिन राम्रो दिनभन्दा नराम्रा दिनहरु आउनेछन् । तब म मेरो इच्छामृत्युको पत्रलाई कार्यान्वयन गर्नेछु । तर, त्यो समय आइसकेको छैन,’ उनले भनिन् ।

बेल्जियममा युथनेसिया वैधानिक छ ।
 वर्षीय मारिक ‘डिजेनेरेटिभ मसल डिजिज’ बाट पीडित छिन् । यसले उनको खुट्टामा निरन्तर पीडा र प्यारालाइसिस हुन्छ । पीडाकारण उनलाई सुत्न पनि गाह्रो हुन्छ ।

१४ वर्षको उमेरसमा नै उनलाई यो रोग लागेको थियो । त्यसपछि उनको जीवन ‘निरन्तर संघर्ष’ बनेको थियो ।

रोगका वावजुद पनि उनले प्यारालम्पिक्सको ह्वीलचेयर रेसमा आफ्नै पहिचान बनाएकी छिन् । सन् २०१२ को लण्डन ओलम्पिक्समा उनले सय मिटरमा स्वर्ण र २०० मिटरमा रजत पदक जितेकी थिइन् । उनले रियोमा थप एक रजत जितेकी छिन् ।


Previous
Next Post »