जोगीले भिक्षामा औषधि मागेपछि

जोगीले भिक्षामा औषधि मागेपछि…
भदौ २७  |   
बर्दिबास– जोगीले माग्दा तपाईंले के दिनुहुन्छ ? जोकोहीले सहजै उत्तर दिन्छन्– भिक्षा । तर, बर्दिबास महोत्तरीका दीपकबहादुर कार्कीले भिक्षा माग्ने जोगीलाई औषधि दिने गरेका छन् ।img_5030
शुभ स्वस्तिक अस्पताल सञ्चालक कार्कीकहाँ टुटेश्वरनाथ महादेव मन्दिरका महाराजी भिक्षा माग्न अस्पताल पुगेका थिए ।

रुघाखोकीले समातेको मन्दिरका बाबा रामबालक दासले उनीसँग भिक्षास्वरुप औषधि मागे । अस्पतालद्वारा सञ्चालित फार्मेसीमै रहेका कार्कीले जोगीलाई कफ सिरप दिएका थिए । त्यो दृश्य पंक्तिकारको अवलोकन गरिरहँदा भिक्षु हँसिलो देखिन्थे ।

img_5027
महोत्तरीको रामनगर घर बताउने ६० वर्षीय जोगीले टाउकोमा भएको घाउसमेत पंक्तिकारलाई देखाए । उनले अनुरोध गरे, ‘दम्मा रोग च्यापेको छ । घाउले झन् पीडा दियो । यसमा लगाउने महलम पाए हुन्थ्यो ।’ जोगीको पीडा सुनिरहेका उद्योग वाणिज्य संघ बर्दिबासका सदस्यसमेत रहेका कार्कीले पुनः मलहम पनि दिए । उनले खुसी हुँदै कार्कीलाई धन्यवाद दिए ।img_5033

औषधि पाएपछि खुसी भएका बाबा भिक्षा माग्न जहाँ–जहाँ पुगे कार्कीले दिएको औषधि देखाउँदै मानव सेवा सबैभन्दा ठूलो धर्म हो भन्न छुटाएनन् । ‘कलियुगमा मानवता हराउँदै गएको छ,’ उनले सुनाए, ‘मानिस स्वार्थी बन्दै छन् ।’ नेपालका धार्मिक स्थलको प्रचार–प्रसारमा लागेका जोगीले आफ्नो कुरा भनिसकेपछि पंक्तिकारलाई धाप मार्दै बाटो लागे ।


Previous
Next Post »