पन्ध्र वर्षअघि अमेरिकामा आज के भएको थियो जुन घटना सम्जिदा बिश्व धुरु धुरु रुन्छन

पन्ध्र वर्षअघि अमेरिकामा आज


१५ वर्ष अगाडि आज आइतबारकै दिन विश्वको सबैभन्दा बलियो राष्ट्र मानिने अमेरिकामा ९–११ को आतंकवादी आक्रमण भएको थियो।
विश्वको सबैभन्दा बलियो सैन्य क्षमता भएको अमेरिकाले यसअघिसम्म आफ्नो देशमा यस्तो आक्रमणको कल्पना पनि गरेको थिएन्। तर, अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा हमला गर्दै अलकायदा आतंकवादीहरूले विश्वलाई नै एक पल्ट स्तब्ध तुल्याएका थिए।
आतंकवादीहरूले वल्र्ड ट्रेड सेन्टरलाई ध्वस्त पार्नुअघि यो टावरलाई अमेरिकाको पहिचान मानिन्थ्यो। अमेरिकाको यही पहिचान बनेको वल्र्ड ट्रेड सेन्टरमा आतंकवादीहरूले विमान ल्याएर ठोकेका थिए। जसका कारण हेर्दा हेर्दै पुरै टावर ध्वस्त भएको थियो। यस्तै, एउटा विमान पेन्टागनमा झारिएको थियो। यो घटनामा विमानमा बसेका यात्रीसमेत करिब ३ हजार व्यक्तिको निधन भएको थियो।
यो घटनालाई कार्यन्वयन गर्न अलकायदाले १९ आतंकवादीलाई विशेषरुपले तयार पारेको थियो। जसले ४ वटा विमान हाइज्याक गरेका थिए। २ वटा विमान वल्र्ड ट्रेड सेन्टर र एउटा विमान पेन्टागनमा झारिएको थियो। चौथो विमान दूर्घटनाग्रस्त गर्ने बेला अमेरिकी सेनाले आकाशमाथि नै बिस्फोट गराएका थिए।
के भएको थियो, त्यो दिन

११ सेप्टेम्बर सन् २००१ को बिहान वल्र्ड ट्रेड सेन्टरमा मानिसहरू अरु दिनझै सामान्य आउजाउ गरिरहेका थिए। बिहान करिब ८ बजेर ४६ मिनेटमा न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एउटा जेट एयरलाइन्सको विमान आतंकवादीले चलाउँदै ल्याएर ठोकि दिए। त्यसको केही मिनेटमै करिब ९ बजेर ०३ सेकेन्डमा अर्को विमान दक्षिण टावरलाई ध्वस्त पार्दे निस्किएको थियो।
यो घटनापछि भयानक बिस्फोट भएको थियो। आगोका कारण हेर्दा हेर्दै केही घण्टामा वल्र्ड ट्रेड सेन्टर खरानी बन्न पुग्यो। यस्तै, ९ बजेर ४७ मिनेट जाँदा अमेरिकाको वासिङटनस्थित रक्षा विभागको मुख्यालयमा तेस्रो विमान आक्रमण भएको थियो। यो घटनाका कारण पेन्टागनको एउटा हिस्सा ध्वस्त भएको थियो। यसको केही मिनेटमा सान फ्रान्सिस्कोतर्फ लाग्दै गरेको एउटा विमान, जसलाई आतंकवादीले आफ्नो कब्जामा लिएका थिए, त्यसलाई अमेरिकी सेनाले पिटर्सवर्ग विमानस्थलको नजिकै बिस्फोट गराएर गिराएका थिए।
बिन लादेन थिए, जिम्मेवार

यसको केही समयपछि ओसामा बिन लादेनले घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिएका थिए। यसपछि अमेरिकाले उनलाई आफ्नो नम्बर १ दुश्मन घोषणा गर्यो। अमेरिकालाई बिन लादेन मार्न १० वर्ष मेहनत गर्नु परेको थियो। सन् २०११ मा पाकिस्तानको अबोटाबादमा राती सुतिरहेको अवस्थामा अमेरिकी सेनाले उनलाई मारेका थिए। उनको मृत शरीरमाथि राजनीतिक हुन सक्ने देखेपछि सेनाले समुन्द्रमा फ्याकेको थियो।
Previous
Next Post »