बाल बालिकालाई मुख मैथुन गराउन संलग्न नेपाली र अमेरिकी नागरिक पक्राउ

बाल बालिकालाई मुख मैथुन गराउन संलग्न नेपाली र अमेरिकी नागरिक पक्राउ
ठमेलमा बढ्दै बाल यौन दुराचार

भाद्र २६, २०७३- बाल यौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक सहित एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ४८ वर्षीय अमेरिकी नागरिक कोनिक जोसेफ कन्मससँगै बुद्ध पुतवारलाई पक्राउ गरेको हो ।

गत अगस्टमा नेपाल आएका कन्मसलाई ठमेलको यम्बु होटलबाट पक्राउ गरिएको हो । बाल यौन दुराचार 'व्यवसाय' मा सक्रिय समूहले उक्त होटलमा आउने विदेशी नागरिकलाई बालबालिका उपलब्ध गराउँदै आएको छ भन्ने सूचनाको आधारमा प्रहरीले केही समययता होटलमाथि नगरानी बढाएको थियो ।

निगरानीपछि गत शुक्रबार प्रहरीले होटलमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले करिव १२ देखि १६ वर्षका बालबालिक सहित कन्मस र पुतवारलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दिवस लोहनीले बताए ।

नेपाली दलाल पुतवारले यौन दुराचारको लागि बालबालिका खोजेर पठाउने र ती बालबालिकालाई ग्राहकले मुख मैथुन लगायतका यौन क्रियाकलाप गराउने गरेको लोहनीले बताए । एसपी लोहनीका अनुसार पुतवारले यौन दुराचारमा करिव ५० जना बालबालिका पठाइसकेका छन् । उनले भने, 'पुतवारले करिव ५० जना बालबालिकालाई यस्तो काममा लगाइसकेका रहेछन् । बालबालिकालाई यौन क्रियाकलापमा लगाइसकेपछि उनीहरुको भिडियो र फोटो समेत खिचेर राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।'

यसरी यौन दुराचारमा पठाइएका अधिकांश बालबालबालिका अभिभावकसँग बसेको रहेको भेटिएको छ । यसअघि यौन दुराचारमा बालगृह र सडक बालबालिका संलग्न रहेको पाइएको थियो ।

एसपी लोहनीले भने, 'यसअघि बालगृहमा स्वयंसेवकको रुपमा विदेशी नागरिक छिर्ने र बालगृहका बालबालिकालाई यौन दुराचार गर्ने गरेका थिए । यस्तै सडक बालबालिकालाई पैसा दिएर लोभ्याएर पनि यौन क्रियाकलापमा लगाउने गरेको पाइएको थियो । तर यो पटक नयाँ तथ्य बाहिर आयो ।'

यसरी यौन क्रियाकलापमा संलग्न बालबालिबालाई एक पटकको ३ हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ ।

पीडित बालबालिकालाई जिल्ला अदालतमा लगि बयान प्रमाणित गरिसकिएको छ भने पुतवार र कन्मसलाई अनुसन्धानको लागि पक्राउ गरि न्यायिक हिरासतमा राखिएको छ ।


प्रकाशित: भाद्र २६, २०७३


Previous
Next Post »