पाँच सय लिटर अवैध मदिरा नष्ट

पाँच सय लिटर अवैध मदिरा नष्ट


बर्दिबास– अवैध घरेलु मदिराको आडमा अपराधी क्रियाकलाप हुने गरेको भन्दै इलाका प्रहरी कार्यालय र एकिकृत सेवा केन्द्र बर्दिबास महोत्तरीले घरेलु मदिरा नियन्त्रणमा लिएको छ । कानुनी रुपममा अवैध मानिने घरेलु मदिरा नियन्त्रण गर्न बर्दिबास क्षेत्रमा अभियानकै रुपमा संचालन गरिएको छ ।

‘सामाजिक विकृति विसंगती विरुद्ध हाम्रो अभियान’ अन्र्तगत प्रहरीले सरोकारवलाहरुको संयुक्त सक्रियतामा लोकल मदिरा नियन्त्रणमा लिएर नष्ट गर्न थालेको छ ।

आइतबार मात्रै बर्दिबासको होटल तथा नास्ता पसलमा छड्के अनुगमन गर्दै झन्डै ५ सय लिटर मदिरा नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।

‘अधिकांस अपराधिक क्रियाकलापको मुल जड अवैध मदिरा नै हो । झन् लोकल मदिरा जहितही सजिलै पाइन्छ,’ डिएसपी शालिग्राम शर्मा पौड्ेलले भने,‘अवैध मदिरा नियन्त्रण गर्न सकियो भने घरेलु हिंसा जस्ता कयौं अपराध आपसेआप कम हुन्छ ।’

अवैध मदिरा नियन्त्रण गर्र्नु पर्ने भन्दै पछिल्लो समय स्थानीयले प्रहरी प्रशासनलाई औपचारीक रुपमै दवाव दिँदै आएका थिए । इलाका प्रहरी कार्यलय बर्दिबासको टोल–टोलमा सक्रिय रहेको टोल सुधार समिति, टोल विकास समिति र नागरिक वडा मञ्चमा सदस्यहरुसंग समन्वय गरेर प्रहरीले लोक मदिरा नियन्त्रण अभियानमा लागेका हुन् ।

आइतबार नियन्त्रणमा लिएको मदिरा इलाका प्रहरी कार्यलय बर्दिबासको परिषरमा पोखेर नष्ट गरिएको छ । मदिरा बिक्री गर्ने एक साहुलाई पनि होटलबाट प्रकाउ गरेको छ ।

यसैबीच बर्दिबास बजारका ग्यास पसल, किराना पसल जस्ता एक दर्जन पसलमा अनुगन गरिएको थियो ।

अनुगमन टोलीमा एकिकृत सेवा केन्द्रका प्रमुख विमल भट्टराई, इप्रका बर्दिबासका इनिस्कपेक्टर विजय बस्नेत, बर्दिबास उद्योगा बाणिज्य संघका वरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद गौतम लगायत दिए ।


Previous
Next Post »