शब्दकोश विरुद्ध व्यङ्ग्यात्मक कवि गोष्ठी

शब्दकोश विरुद्ध व्यङ्ग्यात्मक कवि गोष्ठी


काठमाडौँ-  नेपाली लेख्य मानक भाषालाई पन्छाएर नेपाल प्रज्ञा–प्रतिष्ठानले विकृत शब्दकोश प्रस्तुत गरेको भन्दै त्यसको विरोधमा आज यहाँ केही कविले व्यङ्ग्यात्मक कवि गोष्ठी गरे ।

नेपाली भाषा बचाऔँ अभियान २०७२ ले आज प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्ने भने पनि प्रहरीले मूलद्वारभित्र प्रवेश गर्न नदिएपछि मूलद्वारअघि सडकमा कार्यक्रम गरिएको थियो । संयोजक डा बलदेव अधिकारीले नेपाली भाषाको मानक समाप्त पार्ने अभियान सुरु भएपछि शान्तिपूर्ण सत्याग्रहमा उत्रनुपरेको बताए ।

कार्यक्रममा कविहरु रमेश खकुरेल, बुनु लामिछाने, श्रीहरि फुयाँल, घिमिरे मैदेली लगायतले भाषामा भइरहेको भाँडभैलोप्रति व्यङ्ग्यात्मक रचना पाठ गरेका थिए । अभियानले काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसँग अनुमति लिई प्रतिष्ठानलाई जानकारी गराएर कार्यक्रम गर्न खोज्दा पनि निजी घरजस्तो गरी प्रवेश गर्न नदिइएको सहसंयोजक रामेश्वर राउत ‘मातृदास’ ले बताए ।

नेपाली बृहत् शब्दकोश, २०६७ को सातौँ संस्करणलाई विकृत र त्रुटिपूर्ण बनाइएको अभियानको आरोप छ ।


Previous
Next Post »