युद्धविराम सुरु हुनु पहिले नै सुरु भयो सिरियामा हवाई हमला

युद्धविराम सुरु हुनु पहिले नै सुरु भयो सिरियामा हवाई हमला
भदौ २६  | 
रुस र अमेरिकाले सिरियामा सोमबारबाट युद्धविराम लागु गराउन सहमति गरेको भोलिपल्ट भएको हवाई हमलाहरुमा परी एक सयभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

जेनेभामा अमेरिकी तथा रुसी विदेशमन्त्री बीच भएको उक्त युद्धविराम सहमति लगत्तै गरिएका हवाई हमलामा परी विद्रोही नियन्त्रित इडलिब शहरमा करिब ६० जना मारिएका खबर अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती मध्ये धेरै तरकारी बजारमा किनमेल गर्न गएकाहरु रहेको बताइएको छ ।

यसै बीच रुस र अमेरिकाबीचको सहमतिलाई सिरियाली सरकार तथा विपक्षीहरुको मुख्य वार्ताकार समूह दुवैले अनुमोदन गरेका छन् ।

टर्की तथा यूरोपेली युनियन इयुले सहमतिको स्वागत गरे पनि त्यसलाई कार्यान्वयन गर्न निकै चुनौति हुने धारण उनिहरुले राखेका छन्।

सबभन्दा मुख्य चुनौति त थरी थरीका विद्रोही समूहहरुलाई युद्धबाट विमुख गराउनु हो। त्यसैले समस्या धेरै छन्, तर अत्यन्त अन्धकारको समयमा यो प्रकाशको एउटा सानो किरण चाहीं हो ।

तर विद्रोहीहरुलाई सहमतिमा ल्याउने कुरा त्यति सजिलो नभएको धारणाहरु पनि बाहिर आइरहेका छन् ।

यदि सहमति अनुरुप सोमबारदेखि कम्तीमा एक सातासम्म युद्धविराम लागु भए अमेरिका र रुसले इस्लामी विद्रोहीहरुविरुद्ध मिलेर हवाई हमला गर्ने बताइएको छ।

सम्बन्धित समाचार 
Previous
Next Post »