भारत आएपछि परराष्ट्रमन्त्री महतले भने- विगतमा के भयो बिर्सेर विश्वासमा आधारित सम्बन्ध विकसित गर्न चाहान्छौं

भारत आएपछि परराष्ट्रमन्त्री महतले भने- विगतमा के भयो बिर्सेर विश्वासमा आधारित सम्बन्ध विकसित गर्न चाहान्छौं

भाद्र २७, २०७३- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले विगतमा दुई देशबीच देखिएको असमझदारीलाई बिर्सेर विश्वासको वातावरण सहित नेपाल र भारतको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका छन् ।  

आइतबार दिल्ली आए लगत्तै केही भारतीय नेताहरुले उनको सम्मानमा आयोजना गरेको रात्रीभोजमा बोल्दै महतले आफूहरुले विश्वासमा आधारित सम्बन्धको विकास गर्न चाहेको बताए ।

'विगतमा देखिएका असझदारीहरुलाई बिर्सेर हामी राम्रो विश्वासका साथ अगाडि बढ्न चाहान्छौ,' महतले भने । उनले नेपाल र भारतले बेलाबेला सम्बन्धमा देखा पर्ने बाधा, व्यवधान र चुनौतीलाई चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीको लागि दिल्ली आएको र भेटघाटको अवधीमा विविध विषयमा कुराकानी हुने बताए । उनले सम्बन्धलाई सुमधुर बनाउनको लागि उच्चस्तरको भेटघाट एउटा सुरुवात हुने भन्दै निरन्तर रुपमा वार्ता र कम्युनिकेसनको आवश्यकता रहेको बताए ।

'हामी निरन्तर रुपमा संवाद र सञ्चारको माध्यमले विश्वास सहितको सम्बन्धको विकास गर्न सक्छौ,' महतले भने । उनले अन्य देशको तुलनामा नेपालको संविधान निकै समावेशी रहेको समेत बताए । परराष्ट्रमन्त्री महतले केही असन्तुष्टीहरुलाई भने सम्बोधन गर्न नयाँ सरकार तयार रहेको बताए ।

जनता दल युनाइटेडका महासचिव केसी त्यागी भारतले नेपालको सन्दर्भमा विग ब्रदरको धारणालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भारतले नेपालको सार्वभौमिकसत्ताको सधै सम्मान गर्नुपर्ने बताए ।

नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजनले नेपाल र भारतको सम्बन्धमा उतार चढाव देखापर्नु सामान्य रहेको बताए । उनले नेपालको आफ्नो सार्वभौमसत्ताप्रति सेन्सेटिभ भएकाले त्यसको सम्मान गर्नुपर्ने बताए । उनले दुई देशबीचमा पारस्परिक विश्वासको वातावरण बनाई अगाडि बढ्न आवश्यक रहेको बताए ।

नेसनलसिस्ट कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल ल्याण्ड लक्क भन्दा पनि इन्डिया लक्ड मुलुक भएको बताए । उनले नेपाल र चीनको बढ्दो सम्बन्धलाई लिएर भारतले बढी चिन्ता गर्न नहुने बताए । उनले विविध कारणले गर्दा नेपाल र भारतको सम्बन्धमा चीन कहिल्यै पनि सब्सिच्युट हुन नसक्ने बताए ।


प्रकाशित: भाद्र २७, २०७३


Previous
Next Post »