द्वन्द्वपीडितको व्यवस्थापन र पुनःनिर्माणको काम तीव्रताका साथ अगाडि बढाइनेछः शान्ति मन्त्री






शान्ति मन्त्री सीता देवी यादवले द्वन्द्वपीडितको व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माणको कामलाई आफ्नो मन्त्रालयको तर्फबाट तीव्रताका साथ अगाडि बढाउने बताएकी छन्।

काठमाडौंमा मोर्डन कन्या मल्टिपल कलेजले शान्ति मन्त्री यादवकै सम्मानमा गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले द्वन्द्वपीडितको व्यवस्थापन र भत्किएका भौतिक संरचनाको पुनःनिर्माणको काम  व्यवस्थित रुपले  हुननसकेको भन्दै आफ्नो कार्यकालमा राम्रो काम गरेर देखाउने बताईन्।

कार्यक्रममा मन्त्री यादवले आफू काम गर्न आएको भन्दै आश्वासन दिनुभन्दा पनि काम नै गर्ने अठोट लिएका बताईन्।

कार्यक्रममा मन्त्री यादवलाई सिद्धान्त र निष्ठाको राजनीतिबाट देशको  विकासमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो। मन्त्री यादव आफै पनि द्वन्द्व पीडित हुन्।

प्रकाशित मिति: शनिबार, भाद्र २५, २०७३ १३:१७:००

Previous
Next Post »