काठमाडौँः पूर्वविशिष्टलाई उपचार खर्च दिनुपर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकबाट अस्वीकृत भएको छ ।
पूर्वप्रधानमन्त्री तुलसी गिरीको स्वास्थ्य उपचारका लागि रकम निकासा गर्ने विषयमा आएको प्रस्ताव स्वीकृत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको गरेपनि स्वास्थ्यमन्त्री गगनकुमार थापाले अवरोध गरेका छन् ।
थापाको अवरोधपछि प्रधानमन्त्रीले स्वीकृत गर्न पुन आग्रह गर्दा समेत थापाले उक्त प्रस्ताव स्वीकृत हुन नसक्ने अड्डी लिए ।
स्वास्थ्यमन्त्री थापाले कोही विशिष्ट नभएको सबै जनतापनि विशिष्ट नै भएको भन्दै पूर्वविशिष्टको स्वास्थ्य उपचार खर्च अस्वीकृत गरिदिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
मन्त्रिपरिषद् बैठकमा भारतको वैंग्लोरमा उपचार गराएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च वेर्होने सम्बन्धी प्रस्ताव राख्दा साथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरे । दाहालले डा. गिरी विशिष्ठ व्यक्ति हो भन्दै उनले पठाएको पत्र अनुसारको खर्च रकम स्वीकृत गर्न दाहालले आग्रहगर्दा स्वास्थ्य मन्त्रीले अस्वीकार गरे ।
थापले भने,‘यो मुलुकमा को विशिष्ठ हो, होइन चिन्ने कसरी र यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्ठको दर्जा दिन सक्दैन ? डा. गिरी विशिष्ठ हो, होइन थाहांँ पाउने कसरी ?’
वर्तमान सरकार सत्तामा आएपछि मात्र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई विशिष्ठ नागरिकभन्दै स्वास्थ्य, घर भडालगायत वापत तीन करोड रुपैयां दिने निर्णय मन्त्रिपरिषद्ले यसअघि नै गरिसकेको छ ।
ConversionConversion EmoticonEmoticon