नेयमार बनेर युवतीको अश्लिल भिडियो बनाउने ‘डुप्लिकेट’ पक्राउ




ब्रासिलिया – नेयमार बनेर युवतीहरुलाई ब्ल्याकमेल गर्ने ‘डुप्लिकेट’ लाई ब्राजिलको प्रहरीले पक्राउ गरेको छ ।
नेयमारजस्तै देख्ने कार्लोस एन्टोनियो रोड्रिगेजले युवतीहरुलाई टिभी स्टार र मोडल बनाइदिने प्रलोभन देखाएर युवतीहरुको अश्लिल भिडियो र तस्विर मगाएरपछि ब्ल्याकमेल गर्ने गर्ने गरेका थिए ।
Duplicate-Neymarब्राजिल र बार्सिलोनाका फरवार्ड बनेर युवतीहरु झुक्याउने कार्लोसलाई प्रहरीले पक्राउ गरेको आरटी डटकमले उल्लेख गरेको छ ।
पीडित युवतीले नाम उल्लेख नगर्ने शर्तमा ३० वर्षीय कार्लोसले आफू नेयमार बताउँदै एउटा पार्टीमा बोलाएका थिए ।
पार्टीमा उनले ती युवतीलाई एउटा फोटोसुट गराइदिने र टेलिभिजन रियालिटी शोमा सहभागी गराइदिने आश्वासन दिएका थिए ।
‘हामी त्यसपछि भिडियो च्याट गर्न थाल्यौं,’ ब्राजिलको टेलिभिजन नेटवर्क ग्लोबोसँग कुरा गर्दै उनले भनेकी छिन्, ‘मैले पहिले त नाइँ नै भने । तर, नेयमारले नै आग्रह गरेको ठानेर भिडियो च्याटमा नग्न बने ।’
तर, त्यसपछि त्यही भिडियो देखाएर उसले पैसा माग्न थाल्यो । उनी र उनको साथीले एक पटक पैसा पनि पठाए तर कार्लोसले भिडियो अनलाइन रिलिज गरिदिनेभन्दै पैसा माग्न नछाडेपछि उनीहरु प्रहरीको शरणमा पुगे ।
प्रहरीले पछि कार्लोसलाई मिनास गेराइसबाट पक्राउ गरेको थियो ।


Previous
Next Post »