प्रधानमन्त्रीको चासो : दलितलाई जरिवाना गराउने विषय छानविन गरी कारवाही अगाडि बढाउन निर्देशन


भदौ २१
काठमाडौं–मन्दिर छोएको आरोपमा एक जना दलितलाई जरिवाना गराइएको बझाङको समाचारमा प्रधानमन्त्री प्रचण्डले चासो व्यक्त गरेका छन् । उनले बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई घटनाको छानविन गरी आबश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले आफुले फोन गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रधानमन्त्रीको सन्देश दिएको बताए । ‘रातोपाटीमा प्रकाशित समाचारमा प्रधानमन्त्रीले चासो राख्नुभएको थियो । त्यसपछि बझाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर घटनाको छानविन र आबश्यक कारवाही अगाडि बढाउन निर्देशन दिइएको छ ।’ जनसम्पर्क सल्लाहकार आचार्यले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले कानुन हातमा लिने व्यक्तिमाथि आबश्यक कारवाही गर्न निर्देशन दिइएको बताए ।
बझाङको रिलु -८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुनसहित नगद दण्ड जरिवान तिराइएको समाचार हिजो मात्र रातोपाटीमा प्रकाशित भएको थियो ।

रिलु गाविस घरभएका लालबहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको थियो । उपल्ला जातिका भनिनेहरुले भक्तजनहरुका लागि प्रसाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेको आरोप लगाएका छन् ।

हिजो प्रकाशित समाचार यस्तो थियो

Previous
Next Post »