मुसलमान देश इन्डोनेसियाको रुपियामा गणेश भगवानको चित्र किन ?



संसारमा सबभन्दा धेरै मुसलमान जनसंख्या भएको देश इन्डोनेसियाको रुपियामा भगवान् गणेशको चित्र राखिएको छ भन्दा तपाईँलाई आश्चर्य लाग्ला । तर ८० प्रतिशतभन्दा बढी मुसलमान भएको देशमा अझै पनि हिन्दु संस्कृतिलाई अनुसरण गरिन्छ ।

त्यही क्रममा इन्डोनेसियाको २० हजार रुपियाको नोटमा भगवान् गणेशको चित्र अंकित छ ।
वास्तवमा भगवान् गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ ।
हुन त त्यो नोटमा हजर देवान्त्राको चित्र पनि अंकित छ । देवान्त्रा इन्डोनेसियाका स्वतन्त्रता संग्रामका नायक हुन्, त्यसैले उनको सम्मान गर्दै चित्र अंकित गरिएको हो ।

इन्डोनेसियामा भगवान् गणेशका अलावा अन्य धेरै देवताको पूजा गरिन्छ । प्राचीनकालमा हिन्दु शासकहरूले राज्य गरेका हुनाले यहाँ हिन्दु संस्कृतिको छाप रहिरहेको हो |
Previous
Next Post »