उत्तर कोरियालाई प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्रसङ्घ सहमत



भदौ २५


उत्तरी कोरियालाई पुनःएक पटक शृङ्खलवद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् सहमत भएको छ ।

उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले गरेको निन्दापछि सुरक्षा परिषद् सो सहमतिमा पुगेको हो ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा शुक्रबार भएका गोप्य छलफलमा उत्तर कोरियाले शुक्रबार गरेको पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ ।

साथै संयुक्त राष्ट्र सङ्घको बडापत्रको ४१औँ धारा अन्तरगतरहेर नयाँ प्रस्तावको नमूना तयार गर्ने विषयमा सहमत भएको छ ।

दक्षिणी कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रसिया, चीनले उत्तर कोरिया शुक्रबार गरेको शक्तिशाली पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ ।

लाओसको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले यस परीक्षणको कडा शब्दमा निन्दा गरेका छन् ।

लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहेकी पार्कले यसै वर्षभित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परीक्षण गरेको बताएकी थिइन् ।

उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाएका छन् ।

उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण अत्यन्त शक्तिशाली भएको र यसपछि ५।३ रिक्टर स्केलका कृत्रिम भूकम्पको महसूस गरिएको थियो ।

उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो ।

उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सिअफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए ।

दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो । रास

Previous
Next Post »