संविधान सर्वस्वीकृत हुन नसक्नेः एमाले उपाध्यक्ष रावल

संविधान सर्वस्वीकृत हुन नसक्नेः एमाले उपाध्यक्ष रावल
भदौ २५




काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले संविधान सर्वस्वीकृत संविधान हुन नसक्ने बताएका छन् ।

काठमाडौँ–वाग्मती अञ्चल सम्पर्क कमिटीले आज यहाँ ‘विशेष महिला भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्दै उनले भने –“सर्वस्वीकृत संशोधन भए कार्यान्वयन हुने हो भने संसद्मा राजतन्त्र चाहियो, सङ्घीयता नचाहिने शक्ति पनि छन् । उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने रु त्यसैले सर्वस्वीकृत संशोधन हुन सक्दैन ।”

सर्वस्वीकृत भएपछि मात्र संविधान कार्यान्वयन हुन्छ भनेर भ्रम फैलाएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मार्फत ल्याइएका नयाँ योजना संविधानको नियमविपरीत ल्याएको जानकारी गराए । “प्रधानमन्त्रीज्यूले संविधानको कुन धारा, नियमअनुसार ल्याउनुभएको हो”, उनले भने–“बिना बजेट ल्याइएका योजना सपना बाँड्ने काम भएको छ । ल्याइएका योजनाको बजेट कहाँबाट ल्याउने हो रु प्रधानमन्त्रीलाई प्रश्न सोधेका छौँ ।”

उनले स्थानीय तहको निर्वाचन नगरे सरकारविरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

आगामी चैतमा सरकार परिवर्तन र निर्वाचन एकैसाथ हुन नसक्ने ठोकुवा गर्दै उनले अहिलेको गठबन्धन सरकारले चुनाव गर्न नचाहेको जिकिर गरे ।

“संविधान कार्यान्वयन नै नगरी २०७४ माघ ७ को म्याद सकाउने खेल हुँदैछ”, उनले भने–“त्यसपछि डाडुपन्यूँ मेरै हातमा हुन्छ भनेर सपना देख्न थालेका छन्, एमालेले त्यो सपना पूरा हुन दिने छैन ।”

उनले तीनवटै निर्वाचन गरेर जनतालाई सम्पन्न गराउने र उपलब्धिलाई रक्षा गर्न एमाले दृढ भएर लाग्ने उल्लेख गरे । रासस


Previous
Next Post »