हतियार उठाउने राजावादीको चेतावनी

भदौ २५


काठमाडौ– शाही यूवा शक्ति नेपालले असोज ३ गते रत्नपार्कमा संघीय संविधान जलाउने चेतावनी दिएको छ । raja-badi-ko-news
शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शाही यूवा शक्ति नेपालले राजासहितको हिन्दुराष्ट्र र हिन्दुराष्टसहितको राजसंस्थाको पुनःस्थार्पना नभएसम्म संविधान आफुहरूलाई मान्य नहुने भन्दै आउँदो असोज ३ गते रत्नपार्कमा हजारौ कार्यकर्ताकोवीचमा संविधान जलाउने चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने “हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने अब हामी हतियार उठाउँछौ, शसक्त आन्दोलन गर्छौँ ।”
उनले हालै नेपालगञ्जमा स्वर्गीय राजा विरेन्द्रको शालिक हटाउने काम गरेकोप्रति घोर आपत्ति जनाउँदै भने,‘यो गणतान्त्रिक सरकारलाई राजा विरेन्द्रको शालिकले तर्साएको छ, परालको त्यान्द्रोजस्तो गणतन्त्र नेपालीहरुलाई अब स्विकार्य छैन् ।’
हिजोको शासन र आजको शासन व्यवस्थाका बारेमा जनता जानकार रहेको बताउदै खड्काले ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने ठोकुवा गरे ।
कार्यक्रममा संघका सदस्यहरु अर्जुन उपे्रती, पूर्ण छन्त्याल लगायतले आफ्ना धाराणा राखेका थिए ।


Previous
Next Post »