भारतमा बेच्न लगिएका नेपाली बालकको उद्धार

भारतमा बेच्न लगिएका नेपाली बालकको उद्धार





बाल–मजदुरीका लागि भारतको मुम्बई लैजादै गरेका नेपाली बालकहरू भारतीय प्रहरीको सहयोगले मुक्त भएका छन्। वीरगञ्जको रक्सौल नाकाबाट मोतिहारी रेलवे स्टेशन हुँदै मुम्बई बेच्न लगिएका नेपाली बालकहरूलाई भारतको सशस्त्र सीमा बल (एसएसबी) ले शनिवार दलालहरूबाट मुक्त गराएको हो। 

मुम्बईतर्फ बेच्न लगिएको बालकहरूमा नेपाली मात्र थिएनन्, वीरगञ्जको सीमा नजिकै जोडिएको भारतको चम्पारण र सीतामढीका बालक पनि थिए। 

सुरक्षाका कारण प्रहरीले सबै कुरा खुलाएको छैन। तर,बेच्न लगिएका बालकहरूमा नेपाल र भारत गरी कूल २२ जना रहेको बताइएको छ। 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एसएसबीले उद्धार गरेको २२ जना बालक ८ देखि ११ वर्ष छन्। प्रहरीले सबै बालकको सकुसल उद्धार गर्न सफल भएपनि दलालहरू प्रहरी घेराबाट भाग्न सफल भएका थिए। 

एसएसबीको १३ औं बटालियनका एक अधिकारी सुरेन्द्र विक्रमका अनुसार बच्चाहरूको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न विशेष अभियान थालिएको थियो। ‘यही अभियानअन्तर्गत बालकहरूको उद्धार गर्न सफल भएका हौं,’ उनले भने। 

२२ जनै बालकलाई रक्सौलबाट मुम्बईतर्फ जाने जनसाधारण एक्सप्रेसमार्फत लैजान लागिएको थियो।
प्रकाशित मिति: मंगलबार, भाद्र २८, २०७३ ०८:१८:२८
Previous
Next Post »