बेनी–जोमसोम सडकमा यात्रुको कहर

बेनी–जोमसोम सडकमा यात्रुको कहर



मुस्ताङ्गी स्याउ ढुवानी तथा पर्यटकीय सिजन शुरु भएकोले पनि पहिरो छिटो पन्छ्याउन दवाव बढी छ ।
भाद्र २७, २०७३- अन्नपूर्ण र धौलागिरी हिमाललाई काटेर साँघुरो गल्छी बनाई तल झरेको छ, कालीगण्डकी नदी । अनि त्यही कालीगण्डकी नदीको किनारा पछ्याउँदै माथी उक्लेको छ, बेनी–जोमसोम सडक ।
नेपालको उत्तर–दक्षिण सिमाना जोड्ने सवैभन्दा छोटो दुरीको सडक कालीगण्डकी करिडोरको म्याग्दी–मुस्ताङ्ग खण्ड पहिरोले क्षतविक्षत भएको छ । कालीगण्डकी नदीको त्यही साँघुरो गल्छीमा निर्मित करिडोर अन्र्तगतको बेनी–जोमसोम सडक पहिरोको उच्च जोखिममा छ ।
करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम सडकको म्याग्दी सदरमुकाम बेनी देखी मुस्ताङ्गको लेतेसम्मको ३७ किमी सडक खण्डमा दर्जनबढी स्थानमा ठूल–ठूला पहिरो झरेपछि यातायात अवरुद्ध छ । शुक्रवार बेग गाविस, ६ बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकको बेलीव्रिज बगाएपछि सडक मार्गमात्र होईन पैदल आवतजावत कष्टकर र जोखिमयुक्त भएको छ । 
‘जिल्लाका धेरै सडकहरु पहिलोले क्षतविक्षत भएका छन । बेनी–जोमसोम सडकको पनि विभिन्न ठाउँमा पहिरो गएकोले सोझो यातायात अवरुद्ध छ’ म्याग्दी बस तथा जीप ब्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले भने, ‘बेनी–जोमसोम सदरमुकाम जोड्ने सडक तथा कोरलानाकासम्म जोडिकएको अन्तराष्ट्रिय सडक भएकोले छिटो काम हुने आसा छ ।’
बेनी–जोमसोम सडक सहज नहुँदा मुस्ताङ्गी कृषकको बारीमा लटरम्म पाकेका स्याउ ढुवानीमा समस्या भएको छ । लाग्दो असोज देखी नै मुस्ताङ्गी स्याउ बजार पठाउने तयारीमा रहेका कृषक सडक खुल्ने प्रतिक्षामा छन । 

‘सडकका दुई वटा लोडर र डोजरले पहिरोहरु क्लियर गरिरहेका छौं । तर दिनभर एउटा पहिरो पन्छ्यायो रातभरको पानीले अर्को स्थानमा पहिरो झर्छ’ कार्यस्थल रहेका सडक डिभिजन कार्यालय बाग्लुङ्गका इन्जिनियर नारायण पौडेलले भने, ‘तिब्बजसम्म जोडिएकोले मात्र होईन मुस्ताङ्गी स्याउ ढुवानी तथा पर्यटकीय सिजन शुरु भएकोले पनि पहिरो छिटो पन्छ्याउन दवाव बढी छ ।’ 




Previous
Next Post »