प्रेस स्वतन्त्रता सेनानीको ८८ औं जन्मोत्सव

प्रेस स्वतन्त्रता सेनानीको ८८ औं जन्मोत्सव

भाद्र २७, २०७३- प्रेस स्वतन्त्रता सेनानी पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’को ८८ औ जन्मोत्सव सोमवार नेपालगन्जमा मनाईएको छ ।

पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनमा झण्डै चार दशक बिताएका चाचाजीको जन्म दिनमा प्रेस युनियन बॉकेले विशेष कार्यक्रम राखेको थियो । पत्नी कमलादेवीसहित उपस्थित उनले केक काटे । पत्रकार, राजनीतिक दलका नेता, सामाजिक अगुवा, उद्योगी व्यवसायीले चाचाजीलाई जन्म दिनको शुभकामना साथै सुस्वास्थ्य एवं दीघार्यूको कामना पनि गरे ।

जीवनमा पहिलोपल्ट केक काटेर जन्मोत्सव मनाएका गुप्ताले खुशी व्यक्त गर्दै नेपालगन्जको सामाजिक सदभाव र पत्रकारबीचको एकताको प्रशंसा गरे । गुप्तले किरण साप्ताहिक सम्पादन गर्दैआएका छन् । केही बर्षअघि सम्म उनी रिपोर्टिङ, सम्पादनदेखि व्यवस्थापनसम्मको काम एक्लै गर्थे । धेरैले उनलाई ‘वान मेन जर्नालिजम’को उदाहरणका रुपमा प्रस्तुत गर्थे ।

पत्रकारका लागि मात्र नभई सिंगो समाजकै लागि प्रेरणादायी व्यक्तित्व भएकाले औपचारिक रुपमा जन्मोत्सव मनाइएको कार्यक्रम संयोजक एंव प्रेस युनियन बॉकेका उपाध्यक्ष कृपाराम बाडियाले बताए ।




Previous
Next Post »