पायल्स , पायल्स रोग लाग्नुका कारणहरु , पायल्स भएकाले खानुपर्ने कुराहरु , पायल्सका बिरामीले के नगर्ने के नखाने , विशेष ध्यान दिनुपर्ने कुरा , घरेलु उपचार







यो लेखको शीर्षक सामान्य उपयुक्तता दिशानिर्देश अन्तर्गत नपर्न सक्छ। कृपया! यो लेखमा यससम्बन्धि विश्वसनीय स्रोतहरू राखेर यस लेखको उपयुक्तता स्थापना गर्न सहयोग गर्नुहोस्। यदि यो लेख उपयुक्त नभएको खण्डमा यसलाई अर्को सम्बन्धित लेखमा समायोजन गर्न, अनुप्रेषण गर्न, वा हटाउन सकिने छ ।


पायल्स सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन।



१ पायल्स रोग लाग्नुका कारणहरु
२ पायल्स भएकाले खानुपर्ने कुराहरु
३ पायल्सका बिरामीले के नगर्ने के नखाने
४ विशेष ध्यान दिनुपर्ने कुरा
५ घरेलु उपचार

पायल्स रोग लाग्नुका कारणहरु
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो। पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ। दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो। शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ।

पायल्स भएकाले खानुपर्ने कुराहरु
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने। यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

विशेष ध्यान दिनुपर्ने कुरा
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो। एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ। हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ। डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने। यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

घरेलु उपचार
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ। कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ। नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ। मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ। आफ्नो पिसाबले गद्द्वार धुने । नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ। यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ। औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ। शल्यक्रिया पनि अन्तिम उपचार भने होइन। कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ।
Previous
Next Post »