उत्तर कोरियामा भूकम्प : अहिलेसम्मको ठूलो परमाणु परिक्षणको आशंका


सिओल – दक्षिण कोरियाली सैन्य अधिकारीहरुले शुक्रबार उत्तर कोरियाले पाँचौ र अहिलेसम्मकै सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु परिक्षण स्थल नजिकै ५.३ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि दक्षिणले उक्त आशंका व्यक्त गरेको हो ।
यस विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । तर, यसअघि त्यस क्षेत्रमा मापन गरिएको भूकम्प सबै परमाणु परिक्षण भएको पुष्टि भएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हिले उत्तरको पछिल्लो कदमलाई किम जोङ उनको ‘आत्मघाती’ र ‘लापरवाह’ कदम भएको बताइन् । विदेश भ्रमण छोट्एर स्वदेश फर्कन लागेकी पार्कले किमको यो हर्कतले उत्तरमाथि थप प्रतिबन्ध लाग्ने बताइन् ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले उत्तर कोरियाको सेना प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको पछिल्लो परिक्षण अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएको छ ।
_87137325_017206694-1गत जनवरीमा गरिएको परिक्षणभन्दा दुई गुणा ठूलो बताइएको उक्त परिक्षणको शक्ति १० किलोटन भएको बताइएको छ । त्यतिबेला उत्तरले सफलतापूर्वक हाइड्रोजन बम परिक्षण गरेको दाबी गरे पनि त्यसको पुष्टि भने भएको छैन ।
भूकम्प मापन गर्ने अमेरिकी जियोलोजिकल सर्भेले पनि उक्त क्षेत्रमा मापन भएको भूकम्पको तरङ विस्फोटबाट भएको बताएको छ । तर, कस्तो विस्फोट भने खुलाएको छ ।
यसअघि, परमाणु परिक्षण क्षेत्रमा भूउपग्रहबाट खिचिएको तस्विरमा पाँचौ परिक्षणको तयारी भइरहेको देखिएको थियो ।
शुक्रबार उत्तरको राष्ट्रिय दिवस पनि हो । उत्तरले जहिले पनि यस्तो अवसरमा सैन्य शक्ति देखाउने गर्छ ।


Previous
Next Post »