हिटलरदेखि सद्दामसम्मः थाहा पाउनुस् यी ६ तानाशाहका अचम्मका खान्की


भदौ २४  |  

१. बेनिटो मुसोलिनी (सन् १८८३–१९४५):
इटालीका यी तानाशाह कचौरा भरी सलाद खाने गर्दथे जसमा धेरै मात्रामा काटिएको लसुन राखिएको हुन्थ्यो । यसलाई तेल र कागती हालेर मोलिएको हुन्थ्यो । मुसोलिनीको लसुनप्रेम उनकी श्रीमतीलाई भने मन पर्दैनथ्यो । लसुन गन्हाउने हुँदा उनी श्रीमानको नजिक नै जाँदैनथिन् ।

मुसोलिनीलाई लसुन मनपरेपनि इटालीमा निकै रुचाइएको पास्ता भने उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनका अनुसार पास्ताले मानिसलाई कमजोर र अल्छी बनाउँछ ।

मुसोलिनी महात्मा गान्धी र जर्ज बनार्ड शाको शाकाहारबाट निकै प्रभावित थिए । यसैकारण उनले ४० वर्षको उमेरमा रक्सी पिउन छोडिदिए ।

 किम जोंग इलः
उत्तर कोरियाका पूर्व तानाशाह किम जोंग इललाई शार्कको पखेटाको सूप र कुकुरको मासुको सुप निकै मनपर्दथ्यो । किम जोंगलाई खुवाउनका लागि उत्तर कोरियामा विशेष प्रकारको धान उमारिन्थ्यो । महिलाको एक समूह किमले खाने चामल केलाउँथे ता कि तानाशाहको प्लेटमा जाने सबै चामल एउटै आकार, प्रकार र रङको होस् ।

hitler_alamyuse_3133537c३. एडोल्फ हिटलरः
हिटलरको सबैभन्दा मनपर्ने खाना ‘स्टफ्ड’ परेवा थियो । यद्यपी, पछि उनी पूर्ण रुपमा शाकाहारी भएका थिए । हिटलरलाई आफ्नो खानामा कतै विष मिसाइएको छ कि भन्ने निकै डर हुन्थ्यो त्यसकारण उनले १५ जना व्यक्तिलाई आफ्नो खान चाख्नका लागि राखेका थिए ।

खाना चाखेको ४५ मिनेट पछि पनि यदि खाने खाने महिलालाई केही नभएमात्र उनलाई खाना दिइन्थ्यो । युद्धको अन्तिम दिनमा हिटलरको पाचनशक्ति यति खराब भयो कि उनी दाल र उसिनेको आलुमात्र खाने गर्दथे ।

४. सद्दाम हुसेन (सन् १९३७–२००६):
ब्रेकफास्टमा सद्दाम हुसेन ऊँटको दुध, पाउरोटी र मह खाने गर्दथे । उनी लञ्च र डिनरमा विशेष प्रकारको रक्सी पिउने गर्दथे ।

सद्दामको २० वटा महलको किचनमा उनका लागि बोसो निकालिएको भेडा, गाइको मासु, प्राउन र जैतून सधैं तयारी अवस्थामा रहन्थे । सद्दामको खानेकुरा पकाउनुभन्दा पहिले न्यूक्लियन वैज्ञानिकले यसको परिक्षण गर्दथे । ती वैज्ञानिकले खानामा रेडियसन र विष परिक्षण गर्दथे । अब खाली समयमा धेरैजसो सद्दाम आफ्नो महलको किचनमा आफैं गएर खाना पकाउँथे ।

५. ईदी अमिन (सन् १९२५–२००३):
युगान्डाका यी राष्ट्रपतिको शाही भोजनमा मौरीको लार्भा, विभिन्न प्रकारका किरा, फट्याङ्ग्रा समावेश गरिन्थ्यो । अमिनलाई मनपर्ने खानामा तारेको बाख्राको मासु, सख्खरखण्ड र कोदोको रोटी मनपर्दथ्यो । उनी एकदिनमा ४० वटासम्म सुन्तला खाने गर्दथे ।

बेलायती सेनामा असिस्टेन्ट कुकको रुपमा काम गरिसकेका ईदीको बेलुकाको चियामा फास्ट फुड र पिज्जा समावेश हुन्थ्यो । उनले आफ्नो दुश्मनलाई मारेर मासु खाने गर्दथेसमेत भनिन्छ । यसबारेमा उनलाई सोधपुछ गर्दा उनले भनेका थिए, ‘मलाई मानव मासु मनपर्दैन । यो निकै नुनिलो हुन्छ ।’

फिडेल क्यास्ट्रोः
उनलाई खाना र पेय पदार्थमा निकै रुची थियो । उनले आफ्नो समय र पैसा फ्रेन्च चिज र ह्विस्किी व्यवसाय सुरु गर्न खर्च गरे तर त्यसले रंग ल्याउन सकेन ।
उनलाई कछुवाको रस मनपर्ने उनकी एक समयकी प्रेमिका सेलिया स्यान्जेजले बताएकी थिइन् ।


Previous
Next Post »