अच्मको बिवाहहरु कसैले ६० वर्ष कान्छी विवाह गरे, कसैले शवसँग त कोहीले टावरसँगः थाहा पाउनुस् १०

कसैले ६० वर्ष कान्छी विवाह गरे, कसैले शवसँग त कोहीले टावरसँगः थाहा पाउनुस् १० अचम्मका विवाह
भदौ २५  |  

 1odd-marriage-pic_14734240८५ वर्षका चर्चित नायक इवान क्रास्को पुनः एक पटक चर्चामा छाएका छन् । उनले आफूभन्दा ६० वर्ष कान्छी नतालिया शेवेलसाग विवाह गरेको एक वर्ष पूरा भएको छ र उनी निकै खुसी वैवाहिक जीवन बिताइरहेका छन् । इवानका अनुसार उनले २५ वर्षे श्रीमतीबाट ऊर्जा पाउँछन् त्यसकारण उनी यो उमेरमा पनि निकै ऊर्जावान् रहिरहन्छन् । यद्यपी, उनी मात्र एक्ला व्यक्ति होइनन् जसले यस्तो अचम्मको विवाह गरेका छन्, आज हामी तपाईंलाई यस्तै चकित पारिदिने विवाह बारे बताउँदैछौं ।

प्रेमिकाको शवसँग विवाहः
चाडिल डिफी र सरण्या कमसूक
थाइल्याण्ड
थाइल्याण्डमा बस्ने चाडिल डिफीले आफ्नो जिन्दगी त्यतिबेला उजाड देख्न थाले जब उनकी प्रेमिका सरण्या कमसूकको एक कार दुर्घटनामा मृत्यु भयो । सरण्याले पटक पटक आफूहरु विवाह गरौं भन्दासमेत काममा ध्यान दिनुपर्ने भन्दै उनीसँग विवाह गर्न अस्विकार गरेका थिए । सरण्याको मृत्यु भइसकेपछि उनले आफ्नो गल्ती सुधार्दै उनको अन्तिम संस्कारका बेला प्रेमिकाको शवसँग विवाह गरेका थिए ।
3woman-marries-effiel-towerआइफिल टावरसँग विवाह
एरिका ला टावर आइफिल
पेरिस, फ्रान्स
पेरिस रोमान्टिक वातावरणका लागि निकै चर्चित छ । यसलाई अझ विशेष बनाउँदै पूर्व सैनिक कमाण्डरसमेत रहेकी एरिकाले आइफिल टावरजस्तो ऐतिहासिक धरोहरलाई आफ्नो जीवनमा विशेष स्थान दिइन् । उनले आइफिल टावरसँग विवाह मात्र गरिनन्, उनले आफ्नो नाम पनि परिवर्तन गरेर एरिका ला टावर एफिल बनाएकी छिन् ।
4work-pics2234अग्ला दुलहा र होची दुलही
सुल्तान कोसेन र मेर्वे डिबो
टर्की
संसारको सबैभन्दा अग्ला जीवित मानिसको उपाधि जित्ने सुल्तान कोसेनलाई आफ्नो उचाईका कारण श्रीमती पाउन मुश्किल परेको थियो । धेरै प्रयासपछि उनले अन्ततः मेर्वे डिबोलाई भेटे । ८ फिट ३ इन्च अग्ला कोसेनकी श्रीमतीको उनीभन्दा ३ फिट होची छिन् । उनले सन् २०१३ को अक्टोबरमा टर्कीमा विवाह गरे । कोसेन आफ्नी श्रीमतीभन्दा १० वर्ष जेठा पनि छन् ।
5man-marries-videog_1530405cकम्प्युटर गेमको क्यारेक्टरसँग विवाह
सेल ९०००
जापान
एक जापानी दुलहाले काल्पनिक क्यारेक्टरसँग विवाह गरेको खबर पनि निकै चर्चित भएको थियो । सेल ९००० ले नेने अनेगास्की नामको कम्प्युटर गेमको क्यारेक्टरसँग विवाह गरे । यो नाइनटेन्डो डीएस भर्चुअल डेटिंग गेम लभ प्लसको क्यारेक्टर हो । यो विवाह सन् २००९ को नोभेम्बरमा भएको थियो ।
6-husband-and-boyfriend-togetherश्रीमान् र प्रेमी एउटै छत मुनी
मारिया बुत्ज्की
श्रीमान्ः पल, प्रेमीः पीटर ग्रु्रम्यान
लण्डन, इंगल्याण्ड
पूर्वी लण्डनमा बस्ने दुई बच्चाकी आमा मारिया बुत्ज्कीले आफ्नो श्रीमान र प्रेमी पीटरमध्ये एकलाई छान्नुपर्ने थियो । उनको लागि यसो गर्नु निकै मुश्किल थियो । त्यसकारण उनले प्रेमी पीटरलाई पनि आफ्नै घरमा बस्नलाई बोलाइन् । उनी आफ्ना श्रीमान् र दुई बच्चासँग श्रीमानको घरमा बस्दथिन् । नतिजा यस्तो भयो कि नचाहँदा नचाहँदै यी दुई अन्जान (श्रीमान् र प्रेमी) व्यक्ति अहिले निकै मिल्ने साथी भएका छन् ।
7china-under-the-hood-a-chinese-man-liu-ye-has-married-himself-001आफैंसँग गरे विवाह
लियु ये
झुहाई, चीन
विटनी हस्टनका अनुसार आफैंलाई प्रेम गर्न सिक्नु सबैभन्दा महान हो । चीनको लियुले वास्तविक रुपमा नै संसारसामू यो सन्देश पठाए, त्यो पनि आफैंसँग विवाह गरेर । लियुले सन् २००७ मा नयाँ वर्षको पहिलो दिनमा आफैंसँग विवाह गरे । ४४ वर्षका लियुले रातो रङको ड्रेस लगाएको आफ्नो एक कार्डबोर्ड बनाए र त्यहीसँग विवाह गरे ।
8girl-wjho-marries-dogकुकुरसँग विवाह
अमान्डा रोजर
क्रोएसिया
क्रोएसियाकी अमान्डा रोजरले आफ्नो कुकुरसँगै विवाह गरेकी छिन् । उनले अगस्ट सन् २०१२ मा आफ्नो पाल्तु कुकुर शीबासँग विवाह गर्ने निर्णय गरिन् । दक्षिणी लण्डनमा बस्ने रोजरले २० वर्ष पहिले एक युवकसँग विवाह गरेकी थिइन् तर उनीहरुको सम्बन्ध त्यति राम्रो चलेन । त्यसकारण उनले यसपटक केही नयाँ प्रयोग गरेर आफ्नै कुकुरसँग विवाह गरेकी छिन् । उनीहरुको विवाहमा करिब २ सय पाहुनाको आगमन भएको थियो ।
9cobraकोब्रासँग विवाह
बिमबाला दास
उडीसा, भारत
यो अचम्मको विवाह भारतको हो । बिमबाला दास नामकी महिलाले सन् २००८ मा कोब्रासँग विवाह गरेकी थिइन् । ३० वर्षकी बिमबालाले सिल्कको साडी लगाएर कोब्रासँग विवाह गरेकी थिइन् । उनका अनुसार जतिबेला उनलाई आफ्नो साथीसँग भेट्ने मन हुन्छ उनी आफ्नो घरमा भएको खाल्डोमा दुध हाल्ने गर्छिन् ।
10-vampire-coupleएक अर्काको पिउँछन् रगतः
आरो ड्रावेन र लिया बेनिनघोफ
मेसाच्युसेट्स, अमेरिका

अमेरिकाको म्यासाच्युरेट्सका आरो र लिया अरु जोडीभन्दा निकै फरक छन् । किनभने उनीहरु हरेक हप्ता एकअर्काको रगत पिउँछन् । यी दुईको भेटघाट पछिल्लो वर्ष एक डेटिङ वेबसाइटमार्फत भ्यालेन्टाइन डेको दिन भएको थियो र पहिलो भेटमा नै उनीहरु एक अर्काप्रति आकर्षित भएका थिए ।

लिया सुरुमा साधारण महिला थिइन् । आरोलाई सुरुमा भेट्दा नै उनलाई उनको ‘गोथिक’ आवरणले आकर्षित गरेको लियाले बताइन् । आरोले आफू भ्याम्पायर भएको सुनाउँदा उनी निकै खुसी भएको बताउँदै आफूले खोजेको व्यक्ति यहि नै हो भन्ने आभाष भएको उनले बताइन् । लियालाई आरोले नै भ्याम्पायर बनाएको जानकारी दिइन् ।

यो भ्याम्पार जोडीले एक अर्काको रगत पिउने बताउँदै यो सेक्सभन्दा बढि इन्टिमेट हुने बताए । हप्तामा एकपटक यो जोडीले एक अर्काको रगत पिउँने यो जोडीले अरु दिन काँचो मासु खाने गर्दछन् ।

यी दुईले चाँडै नै विवाह गर्ने सोच बनाएको बताएका छन् ।


Previous
Next Post »