आक्रामक ओली : प्रधानमन्त्रीको मयुर नाच, मधेशवादी नन्दी भिरिङ्गी, दीपकुमार देशबिरोधी


भदौ २३  

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले हिजो संसदबाट गरेको संबोधनलाई मयूर नाँचको संज्ञा दिएका छन् । नेकपा एमालेको केन्द्रीय यूवा तथा खेलकुद विभागले राजधानीमा शुक्रबार गरेको राष्ट्रको समृद्धी यूवाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै ओलीले भने, ‘मयूर नाँच्दा प्वाँख मात्रै नाँच्छ, आफू कहाँ हुन्छ उसैलाई थाहा हुँदैन् । हिजो संसद बैठकमा पनि त्यसरी नै मयूर नाच्यो ।’
प्रधानमन्त्रीको संसद संबोधनमा देश र जनताका लागि केही नभएर हिजो आफूले जम्मा पारेका मान्छेलाई २ लाख र ५ लाख दिने कुरा मात्र भएको उनको दावी थियो ।

kp oli hawaओलीले सरकार नेपाल भएपनि यो अरु नै देशले बनाएको जिकिर गरे । उनले सरकार अन्यत्रै डिजाइन गरेर नेपालमा फिट गरिएको बताउदै भने–‘सरकारको डिजाइन इन डट डट डट एसेम्ब्लिङ इन नेपाल ।’
आफू प्रधानमन्त्री हुँदा भएका बेला भारतले नाकाबन्दी गर्दा चीनसँगको बाटो खोलेको, मधेश आन्दोलन मथ्थर पारेको र भारतलाई बाध्य पारेर नाकाबन्दी हटाएको समेत दावी गरे । उनले आफूले दुई देशबिचको सम्बन्ध राम्रो बनाए जस्तै राम्रा सन्धी सम्झौता गरेर देखाउन चुनौति समेत दिए ।
उनले भने– एकातिर बाटो थुनेको बेला मैले अर्कोतिर बाटो खोलेँ । म कसैसँग झुकिन, म नझुक्दाखेरी मलाई सामन्ती राष्ट्रवादी भनेर आरोप लगाउने ?
राष्ट्रिय स्वाभिमान पचाउन नसक्नेहरुले सरकार ढालेको बताउँदै उनले देशलाई अप्ठ्यारो घेराबन्दीमा पारिएको बताए ।
नन्दी भिरिङ्गीसँग कुनै सम्झौता गर्दैनौँ
मधेसकेन्द्रीत दललाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले नन्दी भिरिङ्गी उफारेर राष्ट्रलाई क्षति हुने गरी एमालेले कुनै सम्झौता नगर्ने बताए । मधेसी दलको संविधान संशोधनको माग समाधान गर्न सरकारले दलहरुसँग छलफल थाल्ने भनेको प्रसंग उठाउदै उनले अहिलसम्म कसैले कससँग के का लागि किन सम्झौता गर्ने यसबारे सरकारले प्रस्ताव लिएर नआएको बताए ।
दीपकुमारप्रति टिप्पणी
अध्यक्ष ओलीले भारतका लागि नेपाली राजदुतका रुपमा पूनः दीपकुमार उपाध्यायलाई सिफारिस गरेको प्रसंग उठाउदै हामीले फिर्ता बोलाएको देशबिरोधी मान्छेलाई देशबिरोधीहरुले फेरी राजदुत बनेर पठाएको अभिब्यक्ति दिए ।
उनले भारतसंगको स्वाभिमानी सम्बन्ध चाहेको बताउँदै भारतले नेपालको मामिलामा हात अगाडि बढाउन आवश्यक नरहेको बताए ।
उनले अहिलेको मुख्य प्राथमिकता संविधान कार्यान्वयन र ३ वटा निर्वाचान गर्नु रहेको बताउदै निर्वाचन हुन सकेन भने अहिले सरकारमा बस्नेहरुले मुख देखाउन नसक्ने दावी गरे ।
नारायणकाजीले भने–राजनीति हैन, राजनीतिक अपराध बढ्यो
सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हरेक राजनीतिक पार्टीभित्र राजनीति भन्दा पनि राजनीतिक अपराध भइरहेको दावी गरे ।
यस्तै राजनीतिक अपराधका कारण आफू समेत अघि बढ्न नसकेको उनको भनाई थियो ।
उनले भने– सबै दलका पार्टी नेतृत्व र पार्टी नीतिलाई रुपान्तरण गर्नुपर्छ, राजनीति सफा नगरी देश समृद्ध बन्दैन ।
उनले सबै राजनीतिक पार्टीमा दोधारे चरित्र विकास भएको भन्दै राम्रो काम कसैलाई नपच्ने बताए ।
उनले भारत प्रति लक्षित गर्दै भने– नेपालमा संविधान जारी गर्दा नाकाबन्दी गर्ने भारतले नेपालमा समृद्धीका काम अघि बढाउने हो भने झन् के गर्ला ?

सम्बन्धित समाचार

Previous
Next Post »