प्रधानमन्त्रीको सम्बोधन चाहना पत्र होः एमाले






मुख विपक्षी दल नेकपा ९एमाले० ले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार व्यवस्थापिका–संसद्मा गरेको सम्बोधनप्रति टिप्पणी गर्दै त्यसलाई चाहना पत्रको संज्ञा दिएको छ । 

संसद्को आजको बैठकमा विशेष समयमा बेल्नु हुँदै एमालेका सांसद भीम रावलले यसअघिको सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको सन्दर्भमा प्रधानमन्त्री दाहालले संसद्मा गरेको सम्बोधनको आधार के हो भनी प्रश्न गरे।

संविधानको कुन व्यवस्था अन्तर्गत प्रधानमन्त्रीको सम्बोधन आएको हो भनी प्रश्न गर्दै उनले भने– प्रधानमन्त्री दाहालले सम्बोधनमा उल्लेख गरेको कुरा चाहनापत्र जस्तो लाग्यो । प्रधानमन्त्री दाहालले परराष्ट्र नीति आवेगमा आउनुहुँदैन भने पनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरे।

सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री दाहालको सम्बोधनमा निकट भविष्यमा हुने भारतको भ्रमणका बारेमा केही उल्लेख नभएको भनी आलोचना गर्दै प्रधानमन्त्री दाहालले सन्तुलित परराष्ट्र नीति भने पनि चीनका राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भन्ने समाचार आएको सम्बन्धमा प्रश्न गरे।

नयाँ प्रधानमन्त्री आएपछि बोल्नुपर्छ भनेर उनले बोलेको होकी भन्ने प्रश्न गर्दै उनले भूकम्पपीडित जनतालाई राहत दिने भनी घोषणा गर्ने तर कार्यान्वयन नुहुने गुणासो गरे। घोषणा गर्दागर्दै आठ लाख भन्यौं तर भूकम्पपीडतले पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि नपाएको सांसद पाण्डेले बताए। रासस
प्रकाशित मिति: शुक्रबार, भाद्र २४, २०७३ १४:३१:१९


Previous
Next Post »