चार शिक्षकले निर्घात कुट्दा विद्यार्थी घाईते, प्रअले मागे माफी

चार शिक्षकले निर्घात कुट्दा विद्यार्थी घाईते, प्रअले मागे माफी
भदौ २९  |   

पोखरा – कास्कीमा चार शिक्षकको कुटाईवाट एक विद्यार्थी घाईते भएका छन् । कास्कीको पुरञ्चौरमा रहेको भारती भवन मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी चुरुङ्गाका १५ वर्षीय अनिश गौतम आफ्नै शिक्षकहरुबाट कुटिएर घाईते भएका हुन् ।kutpit

ज्यामिति बक्स नल्याएको र लामो कपाल पालेको निहुँ बनाएर विद्यालयका प्रधानाध्यापक गोविन्द काफ्ले, शिक्षकहरु मीनराज ढुङ्गाना, धर्मदत्त अधिकारी र वासु तिवारीले अनिशलाई निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।

शिक्षक वासु तिवारीले अनिशले कपाल लामो पारेका भन्दै कपाल नै खौरिदिएका थिए भने अन्य शिक्षकहरुले उनलाई लाईनमा पनि ढिलो आएको भन्दै धमाधम भकुरेको घाइेते विद्यार्थी गौतमका आफन्तले बताए ।

शिक्षकहरुको कुटाईवाट अनिशको वबंङ्गारा हल्लिएको छ । भने कान सुन्निएको छ । आफ्नै गुरुहरुवाट चुटिएर घाईते वनेका विद्यार्थी अनिश पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगे पनि दाँत सुन्निएकोले पोखराकै चरक अस्पतालमा उनलाई रिफर गरेको जनाईएको छ ।

विद्यार्थी चुटिएर घाईते भई अस्पताल नै जानु परेपछि अविभावकहरुले गल्ती गर्ने शिक्षकको राजिनामाको माग गरेका छन् । तर विद्यालय व्यवस्थापन समितिसहित बसेको दुई पक्षीय वार्तामा प्रधानाध्यापक काफ्लेसहितको शिक्षकहरुले माफी मागेका छन् ।

घाईते विद्यार्थीको उपचार खर्च विद्यालयले जिम्मा लिने सहमाति भएपछि अविभावकरुले शान्त बनेका हुन् । यही भदौ २२ गते भएको सो घटना लुकाउन विद्यालय व्यवस्थापन समितिले प्रयास गरेको भएपनि अन्त्यमा आएर पर्दाफास भएको हो ।


Previous
Next Post »