पार्टीभित्रको कचिंगलले पार्टी छाड्ने तयारी गर्दै नारायणकाजी

पार्टीभित्रको कचिंगलले पार्टी छाड्ने तयारी गर्दै नारायणकाजी
प्रकाशित मिति :September 13, 2016


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको मुद्दामा आफूले सम्झौता नगर्ने बताएका छन् । ‘राष्ट्रघात भएको छ भने पार्टीको सीमाभित्र बस्दिनँ,’
राजधानीम आयोजित एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले राष्ट्रियताको मामिलामा आफू पार्टी अनुशासनको सीमामा नबस्ने बताएका हुन् ।

उनले देशको सार्वभौमिकताको रक्षा गर्न नसकिए देश बिस्तारै नवऔपनिवेशिक वृद्धाश्रम बन्ने खतरा रहेको बताए । ‘गाउँ खाली भएर बुढाबुढी मात्र छन्, लाश उठाउने मलामी छैनन्, हालत यस्तो भइसक्यो कि देश वृद्धाश्रम बन्ने खतरा छ,’ उनले भने । उनले मुलुकमा बढ्दै गएको हस्तक्षेप र गलत कदमका विरुद्ध विद्रोह नगरे देश पछाडि धकेलिने बताए । नेता श्रेष्ठले राजनीतिक नेतृत्वमा इमान्दारिता नहुँदा  बिजोक भएको टिप्पणी गरे ।

एक अर्को प्रसङ्गमा आपूmलाई पार्टी अध्यक्ष प्रचण्डले दबाएर राखेको भन्दै त्यसको प्रतीकार गर्ने समेत बताएका छन् ।  पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत भईसकेका नेता श्रेष्ठले मणि, मातृका, रामबहादुर थापा वादल लगायतका नेताहरुतर्फ लक्षित गर्दै अवसरवादीहरुलाई अध्यक्षले ठूला पद दिएर खुसी पारेको पनि वताए ।  श्रेष्ठले बाबुराम भट्टराईले पार्टी छाड्नुपर्ने कारण खोल्दै पार्टीभित्रको आन्तरिक कचिंङगल र मुख्यत प्रचण्डको व्यवाहाको कारण भट्टराईले पार्टी छाड्नुभयो । उहाँले पार्टीलाई राम्रो बनाउँछु, समय सापेक्ष बनाउछु भन्नुभयो तर प्रचण्डले मान्नुभएन । उहाँ (भट्टराई) को कुरा सुन्न नै चाहनुभएन । पार्टी बाहिर बोक्रोभित्र खोक्रो बनको छ । कार्यक्रममा पार्टीप्रति निकै आक्रमक बनेका नेता श्रेष्ठले घुमाउरो पारामा बोल्दै यस्तै अवस्था आईरहे भट्टराईलाई सघाउन सकिने आशय व्यक्त गरे ।
Previous
Next Post »