भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बुद्धीजिवीको सुझाव : जनताले गाली गर्ने सम्झौता नगर्नुस्




काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेका छन् । यसै अन्तरगत बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उनले उद्योगी ब्यवसायी र परराष्ट्रबिज्ञसँग छुट्टा–छुट्टै छलफल गरेका छन् । उनले आफ्नो भारत भ्रमणको एजेन्डा तय गर्न पूर्व परराष्ट्रमन्त्री, परराष्ट्र क्षेत्रका जानकार र बुद्धीजिवीहरुसँगको परामर्शलाई तिव्रता दिएका छन् ।

गत भदौ ७ गते उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाएर फर्किएपछि उनले बिज्ञबाट राय सल्लाह लिन थालेका हुन् ।

cm-prachanda
प्रधानमन्त्रीले आँउदो भदौ ३० गतेबाट भारत भ्रमण गर्ने तयारी स्वरुप बिज्ञहरुसँगको छलफललाई तिब्रता दिएका हुन् ।

बुधबार दिँउसो पूर्व परराष्ट्रमन्त्री, पूर्वराजदूत, विभिन्न पार्टीका सभासदहरु लगायतसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी, रमेशनाथ पाण्डे परराष्ट्रविद्हरु भेषबहादुर थापा, निलाम्बर आर्चाय, सूर्यनाथ उपाध्यय लगायत विभिन्न पार्टीका सभासदहरु सहित ४० जनासँग प्रधानमन्त्रीले राय सुझाव मागेका हुन् ।

जनताले गाली गर्ने खालका सम्झौता नगर्न आग्रह

प्रधानमन्त्रीसँगको छलफलमा अधिकांश बुद्धीजिवीहरुले भारत भम्रणका बेला जनचाहना बिपरितका सम्झौता नगर्न आग्रह गरेका छन् । उनीहरुले बहुचर्चित सडक आयोजना फास्टट्रयाकको ठेक्का, ठूला प्रकृतिका राष्ट्रिय महत्व बोकेका पूर्वाधार विकासका आयोजनाहरुमा सम्झौता नगर्न सुझाव दिएका छन् । बरु बाँकी रहेका पूराना आयोजनाको काम छिटो गराउन पहल गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

दुई देशबीच थप विश्वासको वातावरण वनाउन, विगतमा भएका सहमति कार्यान्वयन गर्न, अन्तरदेशीय विद्युत लाइन विस्तार गर्न, व्यापार र पारवहन क्षेत्रका समस्या समाधान गर्ने वाताबरण निमार्ण गर्न आग्रह गरे ।

राष्ट्रिय स्वार्थ प्रतिकूल हुनेखालका कुनै पनि सन्धी सम्झौता नगर्न जोड दिँदै नेपालमा उर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्राउनुका साथै नेपालको विकास निर्माणमा सहयोग जुटाउन भ्रमण सपल बनोस भन्ने सदीक्षा ब्यक्त गरे ।

भारतसँग नयाँ सम्झौंता गर्दिन : प्रधानमन्त्री

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा देशलाई अहीत हुने कुनै सम्झौंता नगर्ने बताएका छन् । उनले भारतसँग यसअघि सम्झौता भएका पूराना र अधुरा रहेका योजनाहरु पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

तराईका पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्गको दोश्रो चरणको कामका लागि आग्रह गर्ने, ३ सय देखि ४ सय मेगावाट सम्मका साना जलविद्युत आयोजना सञ्चालनबारे सम्झौता हुनसक्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नितान्त दुईदेशबिचको पूरानो सम्बन्धलाई निरन्तरता दिने र आपसी सम्बन्ध र विश्वासलाई अझ अगाडि बढाउन केन्द्रीत हुने बताए ।

छलफलमा परराष्ट्रमन्त्री प्रकाशसरण महत, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिती थियो ।


Previous
Next Post »