भारतीय चर्चित पत्रकारलेे गरे प्रचण्डले गल्ती माफी पाउ भन्दै मोदीलाई पत्राचार गरेको खुलासा




काठमाडौं, ६ भदौ । भारतीय वामपन्थि बुद्धिजिवी तथा पत्रकार आनन्द स्वरुप वर्माले प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष माफीनामा पठाएको बताएका छन् । कुनै समय माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको नजिक रहेका वर्माले यस्तो धारणा राखेका हुन् ।

हिन्दुस्तान टाइम्सका पत्रकार प्रशान्त झाको लेख पढेपछि आफूलाई प्रचण्डबारे नयाँ कुरा थाहा भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘आजको हिन्दुस्तान टाईम्समा प्रकाशित प्रशान्त झाको रिपोर्टले थाहा पाएँ की, माओवादी नेता तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो विशेष दूत तथा गृहमन्त्री विमलेन्द्र निधि मार्फत नरेन्द्र मोदीलाई आफ्नो अतितमा गल्ति भएको र आफूलाई खुला राजनीतिबारे अनुभव नभएको बताएका छन्,’ उनले सामाजिक सञ्जालमा प्रचण्डको सन्देश उदृत गर्दै लेखेका छन, ‘अबको समयमा यो कुराका ध्यान राखिने छ । अब यस्तो हुने छैन । भारतसँग राम्रो सम्बन्ध हुनेछ ।’

त्यस्तै वर्माले माओवादी अध्यक्षले ‘माफीनामा’ पठाएको खुलाशा समेत गरेका छन् ।

‘मोदीले प्रचण्डको माफीनामालाई तत्काल स्विकार गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

वर्मा भारतबाट प्रकाशित चर्चित मासिक पत्रिका समकालिन तिसरी दुनियाँका सम्पादक हुन् । वर्माले नेपाली राजनीतिबारे दर्जनौं लेख लेखेका छन् । वाम राजनीतिमा उनी निकै चर्चित पत्रकार हुन् ।

केही दिनदेखि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा छन् । उनलार्इ प्रधानमन्त्री प्रचण्डले विशेष दूतकाे रूपमा भारत पठाएका हुन् ।

 दियो पोस्ट बाट

Previous
Next Post »