यस्तो छ प्रधानमन्त्रीको राजकीय भ्रमण कार्यतालिका: को को जाँदै छन् भारत ?

 यस्तो छ प्रधानमन्त्रीको राजकीय भ्रमण कार्यतालिका:  को को जाँदै छन् भारत ?


काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ भने भारतीय विदेश मन्त्रालयले भ्रमण हुने सामान्य जानकारी दिएको छ ।

‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीमती सीता दाहाल भदौ ३० देखि २ असोजसम्म भारतको राजकीय भ्रमणमा हुुनुहुनेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्डले हाम्रा प्रधानमन्त्रीसँग ३१ भदौमा कुराकानी गर्नुहुनेछ भने राष्ट्रपतिजीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।’

भारतले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि दुई देशबीच सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरेको छ । ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणले आपसी हित र चासोका विषयमा छलफल गर्ने मौका प्रदान गर्नेछ, साथसाथै दुई देशबीचको व्यापक क्षेत्रहरूमा रहेको सदीऔँ पुरानो निकट र मित्रवत् सम्बन्ध थप सुदृढ उपायको खोजी गर्नेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्रीको राजकीय भ्रमण हुनेछ, उनी राष्ट्रपतिका अतिथिका रूपमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगेकै साँझ नेपाली दूतावासद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । सोही दिन भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रचण्डको भेट हुनेछ ।

प्रधानमन्त्रीका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ दिनेछ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदाराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ उनको राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले 
Previous
Next Post »