आइएसआइएसले नाघ्यो क्रुरताको हदः थुप्रैलाई हुकमा झुण्डाएर गला रेटियो

आइएसआइएसले नाघ्यो क्रुरताको हदः थुप्रैलाई हुकमा झुण्डाएर गला रेटियो
भदौ २९  

सायद तपाईंले क्रुरताको यो भन्दा ठूलो खबर आफ्नो जीवनमा पढ्नुभएको छैन होला । एकतर्फ जहाँ पूरा संसार इदको उत्सवमा प्रफुल्लित छन् भने यता सिरियाबाट एउटा निकै दुःखद समाचार सार्वजनिक भएको छ । खबरका अनुसार आइएसआइएसले बकरइदको मौकामा केही बन्धकलाईलाई काटिएर जनावरलाई जस्तै हुकमा उल्टो पारेर झुण्ड्याइयो र पछि उनीहरुलाई मारियो ।

आइएसआइएसले यो घटनाको भिडियो जारी गरेको छ । यो भिडियो उत्तर पूर्वी सिरियाको डेर अज–जोरस्थित एक वधशालामा बनाइएको बताइएको छ । भिडियोमा केही बन्धक देखिन्छन् जसलाई अमेरिकी जासुसको संज्ञा दिइएको छ । ‘द मेकिङ अफ इलुजन’ शीर्षक दिइएको यो भिडियोमा सन् २०१५ मा रिलिज भएको टम क्रुजको फिल्म ‘रोग नेशन’ का केही दृश्य जोडिएका छन् ।

भिडियोमा ती फिल्मका दृश्य जोडिएको छ जसमा जासूसको गतिविधि औंल्याइएका छन् । आइएसआइएसले यो भिडियोलाई विदेशी गुप्तचर एजेन्सीको खिल्ली उडाउनका लागि बनाएको बताइएको छ । मानवअधिकार संगठन ‘रक्का इज बींग स्लटर्ड साइलेन्टली’ का संस्थापक अबू मोहम्मदले यो भिडियोलाई अहिलेसम्मको सबैभन्दा डरालाग्दो भिडियो बताएका छन् । अबूका अनुसार यो भिडियोमा मानिसहरुलाई भेडाबाख्राजस्तै काटिएको देखाइएको छ ।
भिडियोको एउटा दृश्यमा एक सेतो कपडा लगाएका मानिसले दुईजना बन्धकलाई आफ्नो दुईवटा काँधमा एकएकलाई बोकेर लगेको देख्न सकिन्छ । ती दुईलाई बधशालामा लगेर उनले दुबैको घाँटी रेटेका छन् ।

 मिनेट लामो उक्त भिडियोमा बन्धकहरुलाई हुकमा बाँधेर उल्टो पारेर झुण्डाएको देख्न सकिन्छ । ती व्यक्तिहरुको एकएक गरी गला रेटिएको देखाइएको छ ।


Previous
Next Post »