रोयल फुटवेयर प्रालिले दशैँतिहारको स्किम ल्याएको छ। १ सय भन्दा बढी आकर्षक डिजाइनमा नयाँ जुत्ताका मोडलपनि सार्वजनिक गरेको कम्पनीले उपभोक्ताका लागि ‘दशैँ तिहारको बहार जुत्ता किन्दा चप्पल उपहार’ स्किम सार्वजनिक गरेको हो ।
यो उपहार योजना अन्तर्गत उपभोक्ताले रोयल शुजको कुनै १ जोर जुत्ता खरिद गर्दा १ जोर रोयल चप्पल उपहार स्वरुप प्राप्त गर्नेछन् ।
कम्पनीले पछिल्लो संस्करणको स्क्र्याच कार्ड योजनालाई पनि निरन्तता दिएकोे बताएको छ।
स्क्रयाच कार्ड मार्फत उपभोक्ताले एक सय देखि एक लाख रुपैयाँसम्मको नगद उपहार जित्न सक्ने कम्पनीले बताएको छ।
साथै उपभोक्ताले ५ प्रतिशत देखि १ सय प्रतिशत सम्मको छुट समेत प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, भाद्र २४, २०७३ १९:२३:२९
ConversionConversion EmoticonEmoticon