प्रधानमन्त्री दाहाललाई कसले दियो सिध्याइदिने धम्कि संसदमा गम्भीर खुलासा ,

प्रधानमन्त्री दाहाललाई कसले दियो सिध्याइदिने धम्कि  संसदमा गम्भीर खुलासा , 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले केही दलले भारत जान लागेका प्रधानमन्त्री प्रचण्डलाई धक्म्याउने प्रयास गरेको बताएका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रमुख विपक्षी दल एमालेप्रति लक्षित गर्दै फोरम लोकतान्त्रिकका नेता देवले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर केही दल, समूहले खबरदार यो गर्न पाइँदैन, त्यो गर्न पाइँदैन भनेर प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास भइरहेको छ ।’
उनले अघि भने, ‘सार्वभौम संसदले चुनेको प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु, खुट्टा नकमाउनुस् । नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउन र दुई देशको हितमा काम गर्नुस् । कसैको धम्कीको बन्दी नबन्नुस् ।’
उनले नेपाल-भारत प्रवुद्ध समूह पुनर्गठन गर्न समेत सरकारसँग माग गरेका छन् । अहिलेको प्रवुद्ध समूहले राम्रो निष्कर्ष निकाल्न नसक्ने उनको दाबी छ ।
२७ भदौ २०७३
Previous
Next Post »