सीमाङकनका कारण माओवादी छाड्दै एमाले प्रवेश गर्नेको लहर चल्यो

सीमाङकनका कारण माओवादी छाड्दै एमाले प्रवेश गर्नेको लहर चल्यो

एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता तथा रुकुम क्षेत्र नं २ का सभासद जनार्दन शर्माको पहलमा  रुकुम टुक्र्याइएपछि माओवादी कार्यकर्ताहरु धमाधम पार्टी छोड्न थालेका छन् । दश बर्षे जनयुद्ध तथा विभिन्न आन्दोलनका क्रममा आफुहरुलाई झुट्टा आश्वासन दिएको र अहिलेको संबिधान निर्माण गर्ने क्रममा पनि अन्य जिल्लालाई केही नचलाउने तर रुकुमलाई टुक्रा टुक्रा पार्ने कार्यमा रुकुमकै सभासद शर्माको ठुलो हात रहेको पुष्टी भएको भन्दै अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।  

आफुहरुले भोट हालेर विजयी बनाएको सभासदले नै आफुहरुको भावना विपरित काम गरेपछि पार्टीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै उनीहरुले पार्टी छोडेको बताएका छन् । जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले भएको भन्दै उनीहरुले बुधबार एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले प्रवेश गर्नेहरुमा अन्य पार्टीका स्थानीय नेता कार्यकर्ता पनि छन् ।



एकीकृत नेकपा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नेहरुमा एमाओवादी जिल्ला कमिटी सदस्य एवं वाइसियल छिबांग गाँउ कमिटी अध्यक्ष कर्णबहादुर रोकाय, स्यापालापाखा निवासी एमाओवादी पुर्व जिल्ला कमिटी सदस्य चुडामडी पुन, आठविसडाँडागाँउ निवासी अखिल क्रान्तिकारीका करण सेर्पाली, छिबांग गाँउ कमिटी सदस्य मोतीराम खड्का, आठबिसकोट गाँउ कमिटी सदस्य सुशील बि.क, जनक बि.क, स्यालापाखा निवासी अखिल क्रान्तिकारीका जिल्ला सदस्य मोहन चन्द रहेका छन् ।
यस्तै एमाओबादीका स्यालाखदी गाँउ कमिटी सदस्य प्रजित बुढा, कविराम बुढाथोकी, हुकाम ७ का एमाओबादी सदस्य सुरेश बुढामगर, सिस्ने ७ का एमाओबादी सदस्य सुमन बि.सी, स्यालाखदीका एमाओबादी सदस्य प्रकाश बुढाथोकी, मैकोटका एमाओबादी सदस्य शंकर पुन, स्यालाखदीका एमाओबादी सदस्य नविनकुमार बुढा,चौखाबांग  का एमाओबादी सदस्य बिशाल कठायत लगाएत रहेका छन् ।

यसैगरी  नेपाली कांग्रेस परित्याग गरेर मुसिकोट ६ का प्रेम प्रकाश बि.सी, नविन के.सी,बसन्त रावल,किरण के.सी, मनोज बि.सी, मग्मा निबासी नेपाली कांग्रेस कार्यकर्ता शेरबहादुर परियार, आठबिसकोट निबासी कांग्रेस कार्यकर्ता दिलकुमार खड्का रहेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सीले स्वागत गर्दै सफत खुवाउनुभएको थियो । नव प्रबेशीलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य के.सीले नेकपा एमालेको बिचार सही भएकोले प्रवेशको लहर आएको बताए । नयाँ संबिधान निमार्णमा एमालेले मुख्य भुमिका खेलेको कारण जनताले बुझ्दै गएको बताउनुभयो । उहाँले अवको पहिलो पार्टी एमाले हुने दावी गरे ।

कार्यक्रममा नेकपा एमाले रुकुमका अध्यक्ष बिमल पुनले रुकुमका गाँउ गाँउमा प्रवेशको लहर चलिरहेकोले एमालेले प्रवेश कार्यक्रम गाँउ गाँउ लिन थालेको जानकारी दिए । उनले २०७१ भदौ देखी २०७२ भदौ सम्म ५ हजार ३८ जनाले बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको जानकारी समेत दिए । पार्टी प्रवेश कार्यक्रमलाई पार्टी प्रचार बिभाग उपप्रमुख कर्णबहादुर ओलीले स्वागत गर्नुभएको थियो भने संचालन जिल्ला कमिटी सचिवालय सदस्य धनराज खड्काले गरे ।


Previous
Next Post »