महिला सङ्घको महाधिवेशन भोली देखि हुने, देउवा पक्ष बलियो

महिला सङ्घको महाधिवेशन भोली देखि हुने, देउवा पक्ष बलियो


काठमाडौँ– नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला सङ्घको महाधिवेशन भोली देखि काठमाडौमा हुने भएको छ । सङ्घको तेस्रो महाधिवेशनमा अध्यक्षका लागि काँग्रेसको संस्थापन पक्षले ऊमा रेग्मीलाई र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाण्डेलाई उठाउने निर्णय गरेको हो ।

संस्थापन पक्षले आज पत्रकार सम्मेलन गरी रेग्मीको उम्मेद्वारी घोषणा गरेको छ । रेग्मी २०५८ सालमा भएको सङ्घको पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भइसकेकी थिइन् ।

महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासहितका नेताको आज भएको भेलाले पाण्डेलाई अगाडि सारेको हो । पाण्डे २०५७ सालमा सङ्घको केन्द्रीय तदर्थ समितिको अध्यक्ष भएकी थिइन् ।

त्यस्तै महिला संघको चुनावमा देउवा पक्षको जित हुने सम्भावना बलियो रहेको बताइएको छ । देउवाको गृह जिल्ला डडेलधुरा मा २ कार्यकाल सम्म अध्यक्ष भएकी नारु देबि ओझाले आफु जित्ने निश्चित भएकोले केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएको बताएकी छिन् । देउवाको बलियो समर्थन पाएकी उनले आफ्नो पक्षकै पार्टीमा सभापति भएको र संगठनमा पनि आफु बलियो भएकोले आफुले जित्ने सम्भावना धेरै रहेको बताईन् ।

यसैगरी पौडेल समूहका तरुण दलको अधिवेशनका लागि छुट्टै भेला बसेको खबर पनि छ ।


Previous
Next Post »