नेपाली उडड्यन आकाशको हिरो क्याप्टेन लामा

नेपाली उडड्यन आकाशको हिरो क्याप्टेन लामा


काठमाडाैं : नेपाल वायुसेवा निगमको ए–३२० लुम्बिनी एयरबस निर्धारित समयअनुसार मंगलबार पौने १ बजे काठमाडौं अवतरण गर्दै थियो। जसमा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत सहित १८५ यात्रुहरू थिए। भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको नेपाल वायुसेवा निगमको चालक दलका प्रमुख थिए, क्याप्टेन विजय लामा । साथमा थिए, क्याप्टेन सञ्जय पौडेल। यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।

ल्याण्डिङ’ गर्ने बेलासम्म नयाँदिल्लीबाट कुनै खराबी विना उडेको जहाजमा समस्या छ भन्ने कुनै जानकारी नै थिएन क्याप्टेन लामालाई । क्याप्टेन लामाले अरु बेला जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने तयारी गरेको थिए । चापागाउँ माथिको आकाशबाट अवतरण अनुमति माग्दासम्म क्याप्टेन लामाले कुनै पनि त्यस्तो असहज महसुस समेत गरेका थिएन । तर जब जहाजका पाङ्ग्राले जसै धावनमार्ग छोयो । विमानस्थलको ड्युटीमा रहेका विवेक थापा र सविता केसीले जहाजको पाङ्ग्रा पड्किएको सुचना दियो ।

जहाज अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट (फुटेको) थियो । यो सुचना पाउने बित्तिकै क्याप्टेन लामाले बढो सावधानीको साथ विमानलाई आकस्मिक रूपमा रोकेर जहाज र यात्रुलाई बचाए । त्यसो त टावरबाट जानकारी आउन अघि यो बारे चालक दललाई केही जानकारी नै थिएन ।

आकस्मिक घटनामा चालकदलको भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। चालक दलको सदस्यले सही निर्णय गर्न सकेन भने दुर्घटना हुनसक्छ। क्याप्टेन लामा र पौडेलले सही र सचेत निर्णय गरेर जहाजलाई दुर्घटना हुनबाट बचाए । क्याप्टेन लामाका अनुसार समयमै टावरले जानकारी नदिएको भए जे पनि हुनसक्थ्यो।

क्याप्टेन लामा विमानस्थलको ड्युटीमा विवेक थापा र सविता केसीले दिएको सुचनाको कारण ठुलो दुर्घटनाबाट बचेको बताउँछन् । उनी भन्छन्, ‘यदि उहाँहरुले सूचना नदिनुभएको भए निकै ठूलो दुर्घटना हुने थियो ।’ उनीहरुले सावधानी अपनाउँदा १ सय ५० जना यात्रुसहितको नेपाल वायुसेवा निगमको विमानलाई सकुशल अवतरण गराउन सफल भएको उनको भनाई छ ।

क्याप्टेन लामा राष्ट्रिय ध्वजाबाहक एयरबस —ए३२० उडाउँछन् । यसले नयाँदिल्ली, हङकङ, बैंकक, मुम्बई र बैग्लोरमा उडान भरिरहेको छ । १५० जना यात्रु क्षमताको नेपाल एयरलाइन्सको एयरबसमा क्याप्टेन हप्ताको ६ दिन आकाशमै बिताउँछन् ।  नेपाली उडड्यन आकाशमा नेपाली राष्ट्रिय एयरलाइन्सको प्रमुख विमानको क्याबिन क्र्यु को महत्वपूर्ण खम्बा नै हुन् क्याप्टेन लामा । कहिलेकाही नेपाली चलचित्रमा ‘भिलेन’को भुमिकामा समेत देखिने क्याप्टेन लामा नेपाली आकाशको भने हिरो हुन् । उनीसँगै ६ जना अरु नेपाली पाइलट छन् जो एयरबस उडाउने क्षमता राख्छन् ।


पाङग्रा ब्रस्ट भएको विमान
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार अवतरणका क्रममा जहाजको पछिल्लो टायर पड्कन पुगेको थियो । निगमको एयरबस ३२० लुम्बिनी जहाजलाई आज मध्याह्न १२ः४५ बजे अवतरण गर्न खोजिँदा यस्तो घटना भएको हो । टायर पड्केको भए पनि सहज रुपमा अवरण गरिएको र यात्रु तथा चालक दलका सदस्य सुरक्षित रुपमा बाहिर निकालिएको प्रवक्ता शर्माले जानकारी दिए ।

भण्डारणमा जगेडा टायर रहे आजै साँझसम्म टायर मर्मत गर्न सकिने र नभए बुधबारदेखि अपराह्नसम्म आयात गरेरै भए पनि फेरिने उनले बताए । धावनमार्ग मै जहाज रहेका कारण केही समय आन्तरिक तथा बाह्य उडानमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यसअघि गत आइतबार भारतको राजधानी नयाँदिल्लीमा निगमकै अर्को जहाज एयरबस ए ३२० सगरमाथा जहाजको पनि टायर पड्केको थियो । उक्त जहाज हाल मर्मतको क्रममा रहेको छ ।


Previous
Next Post »