उपचार सहयोगको प्रतिक्षामा मृगौला पिडित गुरुङ




काठमाडौ–  एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको मृगौला पिडितलाई राज्यले दिने भनेको निशुल्क उपचार सेवा कार्यन्वयन नहुँदा बिरामीहरु मर्कामा परेका छन् । मृगौला पिडितको निशुल्क उपचार गर्ने घोषणामा मात्रै सिमित हुँदा उनीहरु लाखौँ पैशा तिरेरै उपचार गर्नुपर्ने बाध्यतामा छन् ।

यस्तै समस्याका पिडित गोरखाका मृगौला पिडित एकजना बिरामी काठमाडौमा साथिभाईको सहयोगमा उपचार गराई रहेका छन् ।pidit-gurung

साथिभाईहरु पढन–लेख्न कोही काठमाडौ, कोहि चितवन त कोही विदेश गएका बेला आजभन्दा करिब ५ बर्ष अघि पाँचखुवा देउराली वडा नं ३ गोरखाका लाल बहादुर गुरुङ भने घरको आर्थिक स्थितीले जिवन गुजारा गर्नै गाह्रो भएपछि पासपोर्ट बनाएर धन कमाउन कतार हान्निए । चर्को गर्मिमा काम गर्दागर्दै बिरामीले थला परेपछि त्यहिँको अस्पतालमा चेकजाँच गर्दा उनलाई मृगौलाको समस्या भएको रिपोर्ट आयो । काम गरिरहेको कम्पनी अल्सारीले गुरुङ सिकिस्त बिरामी भएपछि उपचार गर्नुको सट्टा नेपाल पठाइ दियो ।

पराईको देशमा विकल्प नभएपछि गुरुङ नेपाल फर्किए र पुनः राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा चेकजाँच गराए । रिपोर्टमा दुईवटै मृगौला खराब भएको र छिटो भन्दा छिटो प्रत्यारोपण गर्नु पर्ने देखियो । आर्थिक अवस्था निकै कमजोर भएको गुरुङको उपचारका लागि हप्तामा दुई पटक डायोलोसिस गर्नु पर्ने देखियो । त्यसका लागि हप्तामा करिब १५ हजार भन्दा बढी खर्च अस्पताललाई बुझाउनु परेको उनलाई उपचारमा सहयोग गरिरहेका जयराज अंगाईले बताए । “वहाँको आर्थिक अवस्थाले यो धान्ने निकै गाह्रो छ,” गुरुङलाई उपचारमा सहयोग गरिरहेका उनले भने “अस्पतालले पनि निशुल्कको प्रक्रिया नपुगेको भन्दै पैशा माग्छ । उपचार गराउनै प¥यो, तर पैशा छैन ।”

नाबालक दुई छोरी र श्रीमतीको समेत लालनपालन गर्नु पर्ने जिम्मेवारी भएका उनको आफ्नै उपचार खर्चमा समस्या भएपछि निकै कठिनाई भएको गुरुङलाई उपचारमा सहयोग गरिरहेका अंगाईले सहयोगको लागि पनि अपिल गरि रहेका छन् ।

अहिले गुरुङको उपचारमा “मातृभुमीका लागि युवा अभियान गोरखा”, समाजसेवी देबी अंगाई लगाएतले पनि सहयोग गरिरहेकाछन् । उनको उपचारका लागि आर्थिक सहयोग गरिदनका लागि सम्पर्क मोबाइल न. ९८५११९९२०३ तथा ९८५१२३५६९४ मा सम्पर्क गरि उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।


Previous
Next Post »